महँगीदेखि इरान युद्धसम्म: कसरी गुम्यो रिपब्लिकन पार्टीको बहुमत?


प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार

फोटो : एपी/रासस

अमेरिकी मध्यवधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले भव्य जित हात पार्दै संसदको तल्लो सदन र माथिल्लो सदन दुवैमा नियन्त्रण कायम गरेको छ।

सामान्यतया सत्तासिन राष्ट्रपतिको दलले मध्यवधि निर्वाचनमा केही सिट गुमाउने परिपाटी भए तापनि, रिपब्लिकन पार्टीको यो पराजयलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको दुई वर्षे कार्यकालप्रतिको कडा जनादेश वा अस्वीकारको रूपमा हेरिएको छ।

जनताको बढ्दो आक्रोशदेखि राष्ट्रपतिको घट्दो लोकप्रियतासम्मका विविध कारणले गर्दा यसपटक रिपब्लिकन पार्टीले संसदमा ठूलो क्षति बेहोर्नुपरेको छ।निर्वाचनमा रिपब्लिकन पराजयको सबैभन्दा ठूलो कारण बढ्दो महँगी हो, जसले अमेरिकाभरका मतदातालाई आजित बनाएको छ। दैनिक उपभोग्य वस्तुहरूको मूल्यवृद्धिका कारण सर्वसाधारणमा आक्रोश चुलिएको छ। उत्तर क्यारोलिनाकी एक मतदाताका अनुसार इन्धन र खाद्यान्न लगायत सबै कुराको मूल्य अकासिएकै कारण उनले यसपटक आफ्नो मत रिपब्लिकनबाट डेमोक्रेटतर्फ बदलेकी हुन्।

गत सेप्टेम्बरसम्म वार्षिक मुद्रास्फीति दर ३.७ प्रतिशत पुगेको थियो, जसको मुख्य कारण इन्धन र ऊर्जाको मूल्य वृद्धि थियो। अक्टोबरको सुरुमा डिजेलको औसत खुद्रा मूल्य प्रति ग्यालेन ६.५२ डलर नजिक पुगेको थियो। मतदाता सर्वेक्षण अनुसार करिब ७९ प्रतिशत मतदाताले महँगीका कारण आफ्नो परिवारले मध्यम वा गम्भीर कठिनाइ भोग्नुपरेको बताए भने ६० प्रतिशतभन्दा बढीले यसको दोष ट्रम्पका नीतिहरूलाई दिएका छन्।

मूल्यवृद्धिको अर्को मुख्य कारण अमेरिका र इजरायलले फेब्रुअरीमा इरान विरुद्ध सुरु गरेको युद्ध हो। जवाफमा तेहरानले तेल र प्राकृतिक ग्यास ओसारपसारको मुख्य जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ बन्द गरिदिएपछि इन्धनको मूल्य ह्वात्तै बढेको थियो।

ट्रम्पको ‘अमेरिका फस्ट’ अभियानमा “अब कुनै नयाँ युद्ध नगरिने” वाचा गरिएको थियो। त्यसैले यो युद्ध ट्रम्प समर्थक मतदाताहरूका लागि पनि वाचा तोडिएसरह भयो। सर्वेक्षण अनुसार ६३ प्रतिशत मतदाताले इरानमा सैन्य कारबाही गर्ने निर्णय गलत भएको बताए भने ७४ प्रतिशतले यस द्वन्द्वलाई आफ्नो मतदानको मुख्य आधार बनाएका थिए। ट्रम्प स्वयंले पनि इन्धनको मूल्य बढेका कारण जनता असन्तुष्ट बनेको र यसले हारमा भूमिका खेलेको स्वीकार गरेका छन्।

डेमोक्रेटिक पार्टीको यो जितमा तल्लो तहका प्रभावशाली र निष्कपट उम्मेदवारहरूको ठूलो योगदान रह्यो। उनीहरूले जीवनयापनको लागत र स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच जस्ता मुख्य विषयमा केन्द्रित रहेर प्रचारप्रसार गरे।

डेमोक्रेटिक पार्टीको यो जितमा तल्लो तहका प्रभावशाली र निष्कपट उम्मेदवारहरूको ठूलो योगदान रह्यो। उनीहरूले जनताका वास्तविक समस्याहरूलाई समेट्दै निकै अनुशासित र प्रभावकारी प्रचारप्रसार गरे।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उदाहरणका लागि, ट्याक्सस र कान्सासमा पूर्व शिक्षक जेम्स टेलारिको र पास्टर एडम ह्यामिलटनले धर्म र मूल्यमान्यताका विषयलाई निकै सन्तुलित रूपमा उठाएर जनताको मन जिते। त्यस्तै, साउथ क्यारोलिनामा पूर्व बालरोग विशेषज्ञ एनी एन्ड्र्युजले स्वास्थ्य सेवाको पहुँचलाई मुख्य मुद्दा बनाउँदै एक अप्रत्याशित र ऐतिहासिक जित निकालिन्। मिचिगन र जर्जियामा पनि पूर्व जनस्वास्थ्य अधिकारी अब्दुल अल-सयद र सेनेटर जोन ओसफले राजनीतिमा पैसाको प्रभाव अन्त्य गर्ने र जीवनयापन सहज बनाउने एजेन्डा अघि सार्दै मतदातालाई आकर्षित गरे।

यसको विपरीत, ट्याक्ससका केन प्याक्सटन जस्ता केही रिपब्लिकन उम्मेदवारहरूले भने आम मतदाताका वास्तविक समस्या र सरोकारलाई बेवास्ता गर्दै कमजोर अभियान चलाएको भन्दै व्यापक आलोचना बेहोर्नुपर्यो।

बढ्दो महँगी र इरान युद्ध जस्ता दुवै मुख्य समस्याहरू सीधै राष्ट्रपति ट्रम्पसँग जोडिएका थिए। रिपब्लिकन मतदाताहरूकै बिचमा पनि उनको लोकप्रियता घट्दो क्रममा थियो।

ट्रम्पले समर्थकहरूलाई आफू नै चुनावी मैदानमा उभिएझैँ ठानेर मतदान गर्न आग्रह गरेका थिए। तर, राजनीतिमा एक दशकभन्दा बढी समय केन्द्रीय भूमिकामा रहेका ट्रम्पको ‘ब्रान्ड’ आकर्षण घट्दै गएको विश्लेषण गरिएको छ। मतदाताहरूले मूल्यवृद्धिमा ध्यान दिन आग्रह गरिरहँदा, अन्तिम चुनावी भाषणमा उनले वासिङ्टन डीसीको ‘रिफ्लेक्टिङ पुल’ पुनर्गठन आयोजनाबारे लामो चर्चा गरेका थिए, जसलाई धेरैले अनुचित ठाने।

दुई वर्षअघि डोनाल्ड ट्रम्पलाई जिताउन महत्त्वपूर्ण भूमिका खेलेका हिस्पानिक र काला जातिका मतदाताहरू यसपटक पुनः डेमोक्रेटिक पार्टीतर्फ मोडिएका छन्। यस जनसाङ्ख्यिकीय फेरबदलले चुनावी नतिजालाई डेमोक्रेट्सको पक्षमा ढाल्न ठूलो मद्दत पुर्‍यायो।

यसको प्रत्यक्ष प्रभाव टेक्सास-मेक्सिको सीमावर्ती क्षेत्रमा देखियो, जहाँका तीनवटै हिस्पानिक बहुल संसदीय क्षेत्रमा डेमोक्रेट्सले शानदार जित हासिल गरे। न्युयोर्क टाइम्सको विश्लेषण अनुसार, हिस्पानिक बहुल काउन्टीहरूमा रिपब्लिकन सेनेट उम्मेदवारहरूको मत अघिल्लो राष्ट्रपतीय निर्वाचनको तुलनामा २२ प्रतिशत बिन्दुभन्दा बढीले घटेको छ।

यस परिवर्तनका पछाडि अमेरिकी अध्यागमन नीतिप्रतिको असन्तुष्टि मुख्य कारण मानिएको छ। प्यु रिसर्च सेन्टरका अनुसार, ५६ प्रतिशत अमेरिकीहरूले अध्यागमन निकाय आइस प्ति नकारात्मक धारणा राखेका छन्, जसले हिस्पानिक मतदाताहरूलाई रिपब्लिकनबाट टाढा धकेल्न बल पुर्‍यायो। यसका साथै, काला जातिका मतदाताहरूको वर्चस्व रहेका क्षेत्रहरूमा पनि डेमोक्रेटिक उम्मेदवारहरूले आफ्नो पकड उल्लेख्य रूपमा सुधार गरेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com