मध्यावधि चुनावअघि ट्रम्पको घोषणा: मतदाता धाँधलीको सूचना दिनेलाई १० लाख डलर पुरस्कार


प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार

अमेरिकी राष्ट्रपति ट्रम्प । तस्वीर : म्याट राउर्के/एपी-रासस

अमेरिकी मध्यावधि चुनाव हुनुभन्दा एक हप्ता अघि राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदाता धाँधलीको सूचना दिएर कसैलाई पक्राउ र दोषि ठहर गराउन सहयोग गर्ने जोकोहीलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेका छन्। विभिन्न जनमत सर्वेक्षणहरूले यो चुनाव उनको रिपब्लिकन पार्टीका लागि चुनौतीपूर्ण हुनसक्ने देखाएका छन्।

ट्रम्प प्रशासनले पछिल्लो समय निर्वाचन निगरानीमा थप आक्रामक रणनीति अपनाएको छ। राज्यहरूसँग मतदाता नामावलीको विवरण माग्दै चुनावप्रति सर्वसाधारणको विश्वास बढाउन कडा कदम चाल्नुपर्ने तर्क उसले प्रस्तुत गरेको छ।

तर, राजनीतिक विश्लेषकका साथै डेमोक्र्याट र केही रिपब्लिकन निर्वाचन अधिकारीहरूले यसलाई संघीय सरकारको शक्तिभन्दा बाहिरको हस्तक्षेपका रूपमा व्याख्या गरेका छन्।

सोमबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा ट्रम्पले लेखेका छन्:

विगतका निर्वाचन वा आगामी २०२६ को मध्यावधि चुनावमा मतदाता धाँधलीबारे जानकारी दिने र जसको सूचनाको आधारमा धाँधली गर्ने व्यक्ति पक्राउ भई सजाय पाउँछ, उसलाई १० लाख डलर दिइनेछ।

केही निर्वाचन अधिकारीहरूले मध्यावधि चुनावमा हुनसक्ने सम्भावित संघीय हस्तक्षेपको सामना गर्न पूर्वतयारी गरिरहेको बताएका छन्।

राष्ट्रपति ट्रम्प विगतमा पनि निर्वाचनसम्बन्धी भ्रामक र असत्य दाबीका कारण विवादमा पर्दै आएका छन्, जसमा सन् २०२० को चुनावमा आफ्नो पराजय स्वीकार नगर्नु पनि समावेश छ। त्यसबेला उनका समर्थकहरूले ६ जनवरी २०२१ मा अमेरिकी संसद् भवनमा आक्रमण गर्दै चुनावी परिणामको प्रमाणीकरण रोक्ने असफल प्रयास गरेका थिए।

हाल रिपब्लिकन पार्टीसँग अमेरिकी तल्लो सदन  र माथिल्लो सदन  दुवैमा झिनो बहुमत छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर, कंग्रेसको नियन्त्रण कसको हातमा जाने भन्ने निर्णय गर्ने यो मध्यावधि चुनावअघि बढेको दैनिक उपभोग्य वस्तुको मूल्य र अमेरिका-इजरायल तथा इरानबीचको तनावका कारण बढेको इन्धनको मूल्यलाई लिएर मतदाताहरू चिन्तित छन्, जसले गर्दा ट्रम्पको लोकप्रियताको दर न्यून रहेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com