अमेरिकामा अवैध सीमा प्रवेशमा ९५% को गिरावट: इतिहासकै सबैभन्दा सुरक्षित सीमा


प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार

Photo: Greg Bulla/ Unsplash

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी र भन्सार तथा सीमा सुरक्षा निकायले आर्थिक वर्ष २०२६ को प्रारम्भिक तथ्यांक सार्वजनिक गर्दै दक्षिण-पूर्वी सीमामा हुने अवैध घुसपैठमा ९५ प्रतिशतले कमी आएको जनाएका छन्। बाइडेन प्रशासनको तुलनामा उच्च गिरावट दर्ता भएको यो तथ्यांक अमेरिकी इतिहासकै सबैभन्दा कम वार्षिक घुसपैठ हो। साथै, सीमा सुरक्षाको इतिहासमा पहिलो पटक कुनै पनि हिरासतमा परेका व्यक्तिहरूलाई नछोडी सम्पूर्ण आर्थिक वर्ष पूरा भएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति तथा होमल्यान्ड सेक्रेटरी मार्कवेन मुलिनको नेतृत्वमा आर्थिक वर्ष २०२६ ले नयाँ कीर्तिमान कायम गरेको छ। बलियो सीमा पूर्वाधार, संगठित आपराधिक गिरोहहरूको सञ्जाल ध्वस्त पार्नुका साथै अमेरिकी व्यापारको संरक्षणका कारण यो सफलता सम्भव भएको बताइएको छ। लगातार १७औँ महिनासम्म सीमाबाट कसैलाई पनि प्रवेश अनुमति नदिई  नियन्त्रणमा राखिएको थियो।

यस विषयमा मन्त्री मार्कवेन मुलिनले भने, राष्ट्रपति ट्रम्पले अमेरिकी जनतासँग सुरक्षित सीमाको बाचा गर्नुभएको थियो र सार्वजनिक तथ्यांकले त्यो पूरा भएको पुष्टि गर्छ। विगत एक वर्षमा सीबीपीले अमेरिकी इतिहासकै सबैभन्दा कम घुसपैठ दर्ता गरेको छ। यो अघिल्लो बाइडेन प्रशासनको समयभन्दा पूर्ण रूपमा फरक छ, जहाँ इतिहासकै उच्च अवैध घुसपैठ भएको थियो। कडा कानुन कार्यान्वयनले काम गर्छ भन्ने नतिजाले स्पष्ट पारेको छ। राष्ट्रपति ट्रम्पको नेतृत्व र हाम्रा सुरक्षाकर्मीहरूको मिहिनेतका कारण हामीले सीमामा पूर्ण नियन्त्रण कायम गर्न सफल भएका छौँ।”

सीबीपीका आयुक्त रोड्नी एस. स्कटले भने, “आर्थिक वर्ष २०२६ ले केन्द्रित कानुन कार्यान्वयन, बलियो साझेदारी र अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीहरूको प्रतिबद्धताबाट के हासिल गर्न सकिन्छ भन्ने देखाएको छ। डीएचएस र सीबीपीले सीमा सुरक्षा, खतरनाक लागुऔषध तथा अपराधीहरूको नियन्त्रण र समुदायको रक्षाका लागि काम गरिरहेका छन्।

सीबीपीको कडा नीतिका कारण अमेरिकी बोर्डर गस्ती टोलीले इतिहासकै सबैभन्दा कम घुसपैठ दर्ता गरेको छ। आर्थिक वर्ष २०२६ मा दक्षिण-पूर्वी सीमामा ९९,००० भन्दा कम (जम्मा ९८,७०८) अवैध घुसपैठ भएका छन्। यो संख्या अघिल्लो प्रशासनको वार्षिक औसत १८ लाखको तुलनामा ९५ प्रतिशतले कम हो।

यसैगरी, प्रारम्भिक तथ्यांकअनुसार देशभरि कुल ३,७९,२४३ वटा मुठभेड दर्ता भएका छन्, जुन अघिल्लो प्रशासनको वार्षिक औसत २७ लाखको तुलनामा ७ गुणा कम हो।

गैरकानुनी घुसपैठ घटेसँगै सीमा क्षेत्रमा हुने मृत्युदरमा पनि ठूलो गिरावट आएको छ। प्रारम्भिक तथ्यांकअनुसार आर्थिक वर्ष २०२६ मा बोर्डर गस्ती टोलीले पहिचान गरेका मृतकहरूको संख्यामा अघिल्लो प्रशासनको तुलनामा करिब ८० प्रतिशतले कमी आएको छ।

यसका साथै, सीबीपी टोलीले आर्थिक वर्ष २०२६ मा ३,००० भन्दा बढी स्वास्थ्य आपतकालीन अवस्थाहरूमा उद्धार तथा उपचार सेवा प्रदान गरेको थियो, जसमध्ये ५० भन्दा बढी मानिसलाई हृदयघात हुँदा सिपिआर दिएर बचाइएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सीबीपीले आर्थिक वर्ष २०२६ मा दक्षिण-पूर्वी सीमा क्षेत्रमा २५० माइल लामो नयाँ पर्खाल निर्माण सम्पन्न गरेको छ। ‘वर्किङ फेमिलीज ट्याक्स कट एक्ट’ बाट प्राप्त बजेटमार्फत स्मार्ट वाल निर्माण कार्यलाई तीव्र पारिएको थियो। सेप्टेम्बर २०२५ देखि सेप्टेम्बर २०२६ को अवधिमा सीबीपीले भौतिक सुरक्षा र नियन्त्रणका लागि ३४.३ अर्ब डलर लगानी गरेको छ।

आधुनिक प्रविधिको प्रयोग गरी सिबीपीले आर्थिक वर्ष २०२६ मा करिब १० लाख पाउन्ड लागुऔषध जफत गरेको छ, जुन अघिल्लो चार वर्षको वार्षिक औसत भन्दा ६३ प्रतिशतले बढी हो।

यस्तै, सीबीपी ले जबर्जस्ती श्रमबाट निर्माण गरिएको आशंकामा ३२ करोड ५० लाख डलर बराबरका ४,००० भन्दा बढी सामानका लटहरू रोकेको छ। साथै, १२.६ अर्ब डलर भन्दा बढी मूल्यका ५ करोड ५५ लाख नक्कली सामानहरू समेत जफत गरिएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com