ट्रम्पको अध्यागमन नीतिको विरोधका बीच डेमोक्रेटिक पार्टीमा तीव्र मतभेद
प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार
तस्वीर : आइस
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा अध्यागमन नीतिको विरोध गरिरहेको डेमोक्रेटिक पार्टीभित्रै आइसलाई खारेज गर्ने वा सुधार गर्ने भन्ने विषयमा तीव्र मतभेद सार्वजनिक भएको छ। आगामी मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा आयोजित डेमोक्र्याटिक नेसनल कमिटीको गृष्मकालीन बैठकमा यससम्बन्धी दुई फर-फरक सन्देशलाई स्वीकृति दिइएको छ।
अध्यागमन निकायद्वारा गरिएका श्रृंखलाबद्ध घातक घटनाहरूपछि पार्टीभित्र यो बहस पुनः चर्किएको हो। डिसी बैठकमा सदस्यहरूले आइसमा “ठोस सुधार” ल्याउनुपर्ने र यसलाई पूर्ण रूपमा खारेज गर्नुपर्ने दुवै प्रस्तावलाई पारित गरेका छन्। सन् २०१८ को ट्रम्पको पहिलो कार्यकालदेखि नै प्रगतिशील नेताहरूले आइस खारेजीको माग गर्दै आएका थिए। हालै जुलाई महिनामा भएका घातक गोलीकाण्ड पछि यो मुद्दा पार्टीमा फेरि सतहमा आएको छ।
शनिबार भएको यो मतदान गैर-बाध्यकारी छ र यसले पार्टीको आधिकारिक घोषणापत्र तय गर्दैन, जसको निर्णय सन् २०२८ को महाधिवेशनले गर्नेछ। तर, यसले पार्टीभित्रको वैचारिक भिन्नतालाई स्पष्ट पारेको छ।
आइस खारेज गर्ने प्रस्ताव पेस गरेकी लुइसियानाकी डिएनसी सदस्य मिसेल जोन्सनले डेमोक्र्याटहरूले अब स्पष्ट अडान लिनुपर्ने बताइन्। उनले भनेकी छन्, हामी अत्यधिक प्राज्ञिक र पोल-परीक्षित सुनिन्छौँ, जसका कारण जनताले पार्टीमाथि विश्वास गरिरहेका छैनन्। गल्ती होला भन्ने डरले पछि हट्नुको सट्टा हामीले स्पष्ट अडान लिनुपर्छ।
तर, सबै सदस्यहरू यसमा सहमत छैनन्। डिएनसी सदस्य इभोन रिभ्स-चोङले खारेजीको प्रस्तावले पार्टीको एक निश्चित आधारलाई आकर्षित गरे पनि ठूलो संख्याका अन्य मतदाताहरूलाई भड्काउन सक्ने भन्दै विपक्षमा मतदान गरिन्। उनले अहिलेको मुख्य ध्यान चुनाव जित्नमा हुनुपर्ने धारणा राखिन्।
मिनिसोटाका डिएनसी अध्यक्ष केन मार्टिनले भने डेमोक्र्याटहरू ट्रम्प प्रशासनको अध्यागमन नीतिको विरुद्धमा एकजुट रहेको बताए। हालै सार्वजनिक भएको एपी-एनओआरसी पोल अनुसार ट्रम्पको अध्यागमन नीतिमा स्वीकृति रेट घटेर ३९% मा सीमित भए पनि यो मुद्दामा उनको पकड अझै बलियो देखिन्छ।





