अमेरिकी अध्यागमन हिरासतमा अर्का एक आप्रवासीको मृत्यु,  न्युजर्सीमा विरोध र छानबिनको माग तीव्र


प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार

Texas immigration detention center

अमेरिकाको न्युजर्सी राज्यस्थित न्युयार्कमा रहेको विवादित ‘डिलेनी हल’ सङ्घीय अध्यागमन हिरासत केन्द्रमा राखिएका एक साल्भाडोरन आप्रवासीको मृत्यु भएको छ। सङ्घीय अधिकारीहरूका अनुसार ४१ वर्षीय एड्विन लोपेज-कोर्नेजोको उपचारका क्रममा युनिभर्सिटी अस्पतालमा मृत्यु भएको हो।

आइसले जारी गरेको विज्ञप्ति अनुसार गत शनिबार लोपेज-कोर्नेजोमा अकस्मात गम्भीर स्वास्थ्य समस्या देखिएपछि कर्मचारीहरूले तत्काल ९११ मा सम्पर्क गरी आपतकालीन स्वास्थ्य सेवा बोलाएका थिए। यद्यपि, उनको मृत्युको स्पष्ट कारण भने अझै खुल्न सकेको छैन।

डिलेनी हल हिरासत केन्द्रमा पछिल्लो आठ महिनाभित्र आप्रवासीको मृत्यु भएको यो दोस्रो घटना हो। यसअघि गत डिसेम्बरमा ४१ वर्षीय ज्यान विल्सन ब्रुटसको पनि स्वास्थ्य आपतकालका कारण सोही केन्द्रमा मृत्यु भएको थियो।राष्ट्रपति डोनाल्ड ट्रम्पको अध्यागमनसम्बन्धी कडा नीतिको कार्यान्वयनका क्रममा यो हिरासत केन्द्रलाई पुनः सञ्चालनमा ल्याइएको थियो।

यस घटनाप्रति न्युयार्कका मेयर रास बराकाले गम्भीर चिन्ता र आक्रोश व्यक्त गरेका छन्। एक वर्षभन्दा कम समयमै डिलेनी हलमा हिरासतमा रहेका अर्का व्यक्तिले ज्यान गुमाएका छन्। उनको परिवारले भोग्नुपरेको यो अपूरणीय क्षति र पीडा अकल्पनीय छ,” मेयर बराकाले भने।

सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोमा मृतककी आमा मारिया कोर्नेजोले छोरासँग शुक्रबार अन्तिम पटक टेलिफोनमा कुराकानी भएको बताएकी छिन्। मधुमेहको औषधि सेवन गरिरहेका लोपेजले शुक्रबार आफूलाई सञ्चो नभएको र अनुहार तथा हातको संवेदना हराउँदै गएको बताएका थिए।

उहाँ एक जिम्मेवार र असल पिता हुनुहुन्थ्यो,गहभरि आँसु पार्दै मारियाले भन्नुभयो, “म जस्तो पीडा अन्य कुनै पनि आमाबाबुले भोग्न नपरोस्। म यो घटनाको निष्पक्ष छानबिन र न्याय चाहन्छु।” मृतक लोपेज-कोर्नेजोका १२ वर्षीया एक छोरी छिन्।

सङ्घीय अधिकारीहरूका अनुसार लोपेज-कोर्नेजो सन् २००६ मा गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेपछि उनलाई देशनिकाला गरिएको थियो। पछि पुनः अमेरिका प्रवेश गरेका उनलाई गत जुन १८ मा न्युजर्सीको प्लेनफिल्डबाट गिरफ्तार गरी डिलेनी हलमा राखिएको थियो।

आइसले हिरासतमा रहेका सबै नागरिकलाई उचित र आपतकालीन स्वास्थ्य सेवा उपलब्ध गराइने दाबी गरे पनि डिलेनी हलको दयनीय स्वास्थ्य सेवा, दूषित खाना र फोहोर वातावरणलाई लिएर पछिल्लो समय तीव्र विरोध भइरहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युजर्सीकी गभर्नर मिकी शेरिलले पनि घटनाको कडा शब्दमा भर्त्सना गर्दै सङ्घीय सरकारसँग विस्तृत विवरण माग गरेकी छिन्। हाम्रो प्रशासनले यस घटनाको सम्पूर्ण तथ्य सङ्कलन गर्न कङ्ग्रेस प्रतिनिधिमण्डलसँग समन्वय गरिरहेको छ,गभर्नर शेरिलले भनिन्, यो दुःखद् घटनाले डिलेनी हललाई किन तुरुन्त बन्द गरिनुपर्छ भन्ने कुरालाई पुनः पुष्टि गरेको छ।”

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com