लायन्स डिष्ट्रिक ४सी३ ले नेपालको भ्रमण गर्ने


प्रकाशित मिति : कार्तिक १३, २०७४ सोमबार

अमेरिकी लायन्स क्लबको एक बिशेष टोलीले नोभेम्बर २ देखि १४ तारिखसम्म नेपालको भ्रमण गर्ने भएको छ ।
नेपाली लायन्स क्लबसंगको सहकार्यमा संचालित स्वास्थ्य शिविर र अन्य समाजीक अभियानमा सरिक हुन, लायन्स डिष्ट्रिक ४सी३ का गर्भनर लायन राजेन थापाको नेतृत्वमा ९ सदस्यीय लायन टोलीले नेपालको भ्रमण गर्न लागेको हो । राजेन थापा नेपाली डायस्पोराकै पहिलो लायन्स डिष्ट्रिक ४सी३ का गर्भनर हुन् । डिष्ट्रिक ४सी३ मार्फत उनले क्यालीफोर्नीयाको अलामेडा र कन्टाकोष्टा काउन्टीका ४४ वटा लायन्स क्लबहरुको नेतृत्व गर्दछन् जसमा १२२० लायन सदस्यहरु छन् । १२ दिने सद्भावना भ्रमणको क्रममा थापाको टोलीले काठमाण्डौँ, पोखरा, बन्दिपुर, चितवन तथा इटहरीका बिभिन्न लायन्स क्लबहरुसंग द्धिपक्षीय समाजीक सहकार्य तथा आर्थीक, भौतीक सहयोगको बारेमा छलफल गर्नेछ । यसक्रममा केहि नयाँ परियोजनामा संचालनका लागी साझेदारि गर्ने बारेमा पनि सहमती गर्ने कार्यक्रम रहेको गर्भनर थापाले जानकारि दिए ।


थापा नेतृत्वको टोलीले काठमाडौं उत्रैकै भोलीपल्ट स्थानिय देउराली लायन्स क्लबसंगको साझेदारिमा संचालित आखाँ शिविरमा सहभागी हुनेछ । उक्त शिविरमा भ्रमण टोलिका सदस्य एवं बरिष्ठ नेत्र रोग विशेषज्ञहरु मार्क फुजीकावा र कोरे ली ले विशेष सेवा प्रदान गर्र्नछन् । नोभेम्बर ४ मा कुलेश्वर लायन्स क्लबद्धारा संचालित स्वास्थ्य चौकी अवलोकन पश्चात अमेरिकी लायन्स टोली नोभेम्बर ९ तारिखमा आयोजना हुने बृहद अन्तक्र्रीयामा भाग लिन पोखरा जाने कार्यक्रम रहेको छ । सो अन्तक्र्रीयामा पोखराका स्थानिय लायन्स क्लबहरु सहभागी हुनेछन् । डिष्ट्रिक ४सी३ र नेपाली लायन्स क्लबबिच सहकार्य र सहयोगको खाका कोर्ने मामिलामा यो अन्तक्रिया उपयोगी सावित हुने थापाले अपेक्षा लिएका छन् “हामी नेपालको स्वास्थ्य र शिक्षाको क्षेत्रमा सहकार्य गर्न चाहन्छौँ, यो भ्रमणले एउटा स्पस्ट चित्र कोर्ने छ” थापाले भने ।
लायन थापाको टोलीले नोभेम्बर ११ मा तनहुँको बन्दिपुरमा आयोजना हुने नेत्र शिविरमा सहभागी हुने कार्यक्रम छ । यो शिविर बन्दिपुर लायन्स क्लबसंगको सहकार्यमा संचालन हुन लागेको हो । डिष्ट्रिक ४सी३ ले सो शिविरमा १२०० थान चस्मा सहयोग गर्नेछ भने नेत्ररोग विशेषज्ञद्धय मार्क र ली ले स्वास्थ्य सेवा प्रदान गर्नेछन् । अमेरिकी लायन्स टोलीको लागी यो विशेष महत्वको कार्यक्रम हो । नोभेम्बर १० मा चितवनका स्थानिय लायन्सको सहकार्यमा संचालित परियोजनाको अवलोकन गर्नेछ । नोभेम्बर १३ मा गर्भनर थापालाइ प्रवासमा नेपालको प्रतिष्ठा उँचो बनाए बापत इटहरीका विभिन्न समाजीक संस्थाहरुले संयुक्त रुपमा सम्मान गर्ने कार्यक्रम रहेको छ । यो टोली नोभेम्बर १४ तारिखका दिन अमेरिका फर्कने कार्यक्रम रहेको छ । “नेपाल र अमेरिकाका लायन्स क्लबको सहकार्यका लागी यो भ्रमण फलदायी हुनेछ” भ्रमण टोलीका व्यवस्थापक एवं बर्कली मकालु लायन्स क्लबका अध्यक्ष विजया सुवेदी तन्डुकारले भनिन् ।


नौ सदस्यीय भ्रमणदलमा गर्भनर लायन राजेन थापा र उनकी श्रीमती विजया थापा, डिष्ट्रिक ४सी३ क्याबिनेट सेक्रेटरी तथा व्यवसायी अल सटाके, डिष्ट्रिक ४सी३ कोषध्यक्ष एवं नेत्ररोग विशेषज्ञ मार्क फुजीकावा तथा उनकी श्रीमती जर्जीया फुजीकावा रहने छन् । त्यसै गरि बर्कली मकालु लायन्स क्लबका अध्यक्ष विजया सुवेदी तन्डुकार, बर्कली अन्नपुर्ण लायन्स क्लबका तृतीय उपाध्यक्ष तथा व्यवसायी केशर थापा र नेत्ररोग विशेषज्ञ कोरे ली र उनकी श्रीमती सिमन्डा ली रहने छन् ।


को हुन् गर्भनर थापा ।
सन् १९९९ मा लायन्स क्लब प्रबेश गरेका राजेन थापा इटहरीका प्रख्यात शिक्षक तथा समाजसेवी हुन् । उनि मोर्डन प्रिपेरोटोरी अंग्रजी स्कुलका प्रिन्सिपल थिए ।उनी सन् २००३ मा सपरिवार अमेरिका प्रस्थान गरेका थिए । अमेरिका पुगे पनि समाजसेवाको भोक खप्न नसकेका थापाले लायन्सको आफ्नो करियरलाइ निरन्तरता दिने निधो गरे र सन् २००६ मा लायन्स क्लब अफ बर्कली अन्नपुर्णको स्थापना गरे । क्यालीफोर्नियाको सनफ्रान्सिस्को स्थापित यो क्लब नेपालीले नेतृत्व गरेको पश्चिम अमेरिकाको पहिलो क्लब हो । उनकै पहलमा आज त्यसक्षेत्रका नेपालीहरुले दर्जन बढि लायन्स क्लवहरु स्थापना गरेका छन् । थापा गत जुनमा सम्पन्न अधिवेशनबाट डिष्ट्रिक गर्भनर चुनिएका थापा टेस्ट अफ हिमालयज नाम चेन रेष्टुराँका मालिक हुन् भने उनि रियल स्टेट व्यवसायसंग पनि आवद्ध छन् । उनी एक छोरा छोरि र श्रीमतीको साथमा क्यालीफोर्नियाको सेक्रामेन्तोमा बस्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com