महिला संघको महाधिवेशन आजबाट


प्रकाशित मिति : भाद्र २९, २०७३ बुधबार

कांग्रेसको भगिनी संगठन नेपाल महिला संघको तेस्रो महाधिवेशन बुधबारबाट सुरु हुँदै छ । ‘सशक्तीकरणका चार निकास, समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास’ नारासहित हुन लागेको महाधिवेशनको कांग्रेस सभापति शेरबहादुर देउवाले साढे १२ बजे भृकुटीमण्डपमा उद्घाटन गर्नेछन् ।

संस्थापन पक्षले संघको अध्यक्षमा उमा रेग्मी र नेता रामचन्द्र पौडेल पक्षले मीना पाण्डेलाई उम्मेदवार बनाएका छन् । संघको महाधिवेशन सुरु हुनु एक दिनअघि दुवै समूहले अध्यक्षको उम्मेदवार घोषणा गरेका हुन् ।

कांग्रेसका यी दुई नेतृ रेग्मी र पाण्डेबीच यसअघि ०५८ मा विराटनगरमा सम्पन्न पहिलो महधिवेशनमा पनि प्रतस्पर्धा भएको थियो । जसमा पाण्डेलाई पराजित गर्दै रेग्मी अध्यक्ष बनेकी थिइन् । संस्थापन समूहबाट महासचिवमा धना खतिवडाले उम्मेदवारी दिने भएकी छिन् । नेता कृष्णप्रसाद सिटौला समूहबाट खतिवडा महासचिवको उम्मेदवार बन्न लागेकी नयाँ पत्रिकामा खबर छ । यसअघि सिटौला समूहले महिला संघमा छुट्टै प्यानल बनाउने बताउँदै आएको थियो । संगठनको अरू पदमा दुवै पक्षले सूची बनाउन बाँकी छ ।

रजिस्ट्रेसन र उम्मेदवारी शुल्क बैंकमार्फत

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महिला संघको महाधिवेशनमा मुलुकका विभिन्न भागबाट आएका प्रतिनिधिको रजिस्ट्रेसन बैंकिङ प्रणालीमार्फत भइरहेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमबारबाट सेन्चुरी बैंकले शाखा स्थापना गरी महाधिवेशन प्रतिनिधिको रजिस्ट्रेसन गरिरहेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए ।

रजिस्ट्रेसन शुल्क प्रतिप्रतिनिधि हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, महाधिवेशनबाट निर्वाचित हुने नयाँ कार्यसमितिमा पुग्न उम्मेदवारी दिनेले पनि उम्मेदवारी शुल्क बैंकिङ प्रणालीमार्फत बुझाउनुपर्ने केसीले बताए । महिला संघको महाधिवेशनमा दुई हजार दुई सय प्रतिनिधि सहभागी हुने प्रवक्ता निर्मला क्षेत्रीले जानकारी दिइन् ।

मतदान भोटिङ मेसिनबाट

संघको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा विद्युतीय मेसिनबाट मतदान हुने भएको छ । ३१ भदौमा बिहान ८ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको महिला संघले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com