गुल्मीका एक युवाले जापान छोडेर आफ्नै गाउँमै व्यावसायिक केराखेती गरेर राम्रो आम्दानी गर्दै आउनुभएको छ ।
मुसिकोट नगरपालिका–१ भर्माचौर निवासी ४४ वर्षीय समाजसेवी युवा चन्द्रमणि घिमिरेले व्यावसायिक केराखेतीसँगै मेवा, खुर्सानी र कुखुरापालन व्यवसायबाट झण्डै डेढ वर्षमा रु १० लाख आम्दानी गर्न सफल हुनुभएको छ ।
खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏
घिमिरेले झण्डै चार रोपनी जग्गामा एक वर्षयता आफ्नै खेतमा रु ४० हजारको लगानीबाट २८० केराको बोट लगाएर शुरु गर्नुभएको केराखेती वृद्धि हुँदै झण्डै ८०० केराका घरी उत्पादन भइरहेको हुँदा आउने वर्षमा केराबाट राम्रो आम्दानी हुने घिमिरे बताउनुहुन्छ ।
घिमिरे रोजगारीको सिलसिलामा विदेशका विभिन्न देशमा नौ वर्ष दुःख पीडा भोग्दै पछिल्लो समयमा जापानमा तीनवर्ष बिताएर स्वदेश फर्केर अब आफ्नै गाउँघरमा सानोतिनो व्यवसायको शुरुवातको थालनी गरेको घिमिरे बताउनुहुन्छ ।
घिमिरे भन्नुहुन्छ, युवा विदेश जाने सपना त्यागेर आफ्नै गाउँघरमा सानोतिनो पेसा व्यवसाय गरी आधुनिक कृषि गरेर पनि मनग्य आम्दानी गर्न सकिने हुँदा र थोरै भएपनि आम्दानी आफ्नै ठाउँमा गर्न सकिने हुँदा आफूलेजस्तै अन्य युवालाई आफ्नो सिको गरेर विदेश जानुभन्दा आफ्नै जन्मभूमिमा केही गरेर आत्मनिर्भर भएर बाँच्न सकिने सुझाव दिनुहुन्छ ।
घिमिरेले निरन्तररुपमा मेहनत र परिश्रम गरेरै आफ्नै गाउँघरमा केही गर्ने हो भने स्वदेशमै सुन फलाउन सकिन्छ भन्ने एउटा गतिलो उदाहरण प्रस्तुत गर्नुभएको छ ।
व्यवसायबाट आफू सन्तुष्ट भएको भन्दै जापानको कमाइ गाउँमै गर्दै आउनुभएका घिमिरे आफ्नो केरा व्यवसायलाई अझ वृद्धि गर्दै लैजाने र गाउँलाई नै केरामय बनाउने सोचमा हुनुहुन्छ ।
घिमिरेले हाल तीन स्थानीय जात अन्तर्गत फुसे्र, झोप्रे, मुहुरे र तीन उन्नत जातअन्तर्गत चिनी केरा, झापाली माल्भोग र मनिपुरे माल्भोग जात गरी छ जातका व्यावसायिक केराखेती गरिरहनुभएको छ ।
आफूले उत्पादन गरेका केरा, खुर्सानी, मेवा र कुखुरा आदिको राम्रो व्यापारले गर्दा बजारमा मागअनुसार उत्पादित वस्तु आफूले बजारमा पु¥याउन नसकेको घिमिरे बताउनुभयो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।