अमेरिकाले किन हटायो इरानी तेलमाथिको प्रतिबन्ध ?


प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार

अमेरिकी अर्थमन्त्री स्कट बेसन्ट

अमेरिकाले समुद्रमा रहेका इरानी तेलमाथि लगाइएको प्रतिबन्ध अस्थायी रूपमा हटाउने निर्णय गरेको छ। विश्व बजारमा तेलको मूल्य नियन्त्रण गर्ने उद्देश्यले यस्तो कदम चालिएको अमेरिकी अधिकारीहरूले बताएका छन्। यो निर्णयसँगै प्रतिबन्ध हटाइएको उक्त तेल अब अधिकांश देशहरूले खरिद गर्न पाउनेछन्।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार, “छोटो अवधिको अनुमति” मार्फत करिब १४ करोड (१४० मिलियन) ब्यारेल तेल विश्व बजारमा प्रवेश गर्नेछ। यद्यपि, बेसेन्टले इरानले तेल बिक्रीबाट प्राप्त हुने आर्थिक लाभमा भने “पहुँच पाउन कठिन” हुने स्पष्ट पारेका छन्।

उनले थप व्याख्या गर्दै भने, “यो अनुमति पहिले नै ढुवानीका क्रममा (समुद्रमा) रहेको तेलमा मात्र सीमित हुनेछ। यसले नयाँ खरिद वा उत्पादनलाई अनुमति दिँदैन।” उनले अगाडि थपे, “मूलतः हामी तेहरानविरुद्ध इरानी तेलकै प्रयोग गरेर मूल्य घटाउने रणनीतिमा छौँ।”

मध्यपूर्वमा जारी युद्ध र ऊर्जा पूर्वाधारमा इरानी आक्रमणका कारण तेल तथा ग्यासको मूल्य तीव्र रूपमा बढेको छ। हाल ‘ब्रेन्ट क्रुड आयल’ को मूल्य प्रति ब्यारेल करिब ११२ अमेरिकी डलर पुगेको छ, जुन पछिल्लो एक वर्षको तुलनामा ५३ प्रतिशतको वृद्धि हो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com