अमेरिकामा नेपाली विद्यार्थी संख्या घट्यो, एक महिनामै ७१७ ले कमी


प्रकाशित मिति : माघ १३, २०८२ मंगलबार

तस्वीर एआईबाट जेनेरेट गरिएको

अमेरिकी सरकारको सेभिस तथ्यांकअनुसार अमेरिकामा अध्ययनरत सक्रिय नेपाली विद्यार्थीहरूको संख्यामा डिसेम्बर २०२५ को तुलनामा जनवरी २०२६ मा उल्लेखनीय कमी आएको देखिएको छ। डिसेम्बरमा ३४,४५२ रहेको यो संख्या जनवरीमा घटेर ३३,७३५ मा झरेको छ। यससँगै एक महिनाको अवधिमा अमेरिकाका शिक्षण संस्थाहरूमा अध्ययनरत नेपाली विद्यार्थीको संख्या ७१७ ले घटेको छ।

लैङ्गिक आधारमा हेर्दा पुरुष विद्यार्थीहरूको संख्या १९,१९३ बाट घटेर १८,९०२ मा सीमित भएको छ भने महिला विद्यार्थीहरूको संख्या १५,२५९ बाट घटेर १४,८३३ मा पुगेको छ।

डिग्री तहअनुसार हेर्दा मास्टर्स र डक्टरेट तहमा अध्ययनरत नेपाली विद्यार्थीहरूको संख्या भने बढेको छ। मास्टर्स कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूको संख्या ९,८४५ बाट ७४ ले वृद्धि भई ९,९१९ पुगेको छ। त्यस्तै डक्टरेट तहमा अध्ययनरत नेपाली विद्यार्थीहरूको संख्या ४,२४० बाट ९५ ले वृद्धि भई ४,३३५ पुगेको छ।

तर ब्याचलर तहमा भने ६११ जना नेपाली विद्यार्थी घटेका छन्। ब्याचलर तहमा अध्ययनरत नेपाली विद्यार्थीहरूको संख्या १२,६०५ बाट घटेर ११,९१४ मा झरेको छ। एसोसिएट तहमा अध्ययनरत नेपाली विद्यार्थीहरूको संख्या पनि ७,२५४ बाट २३३ ले घटेर ७,०२१ मा झरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भाषा तालिममा अध्ययनरत नेपाली विद्यार्थीहरूको संख्या २३९ बाट बढेर २७६ पुगेको छ भने फ्लाइट स्कूलमा अध्ययनरत नेपाली विद्यार्थीहरूको संख्या ५१ बाट बढेर ५३ पुगेको छ।

राज्यअनुसार वितरण हेर्दा टेक्सासमा सबैभन्दा धेरै नेपाली विद्यार्थी अध्ययनरत रहेका छन्। डिसेम्बरमा टेक्सासमा ७,८९४ जना नेपाली विद्यार्थी अध्ययनरत रहेकामा जनवरीमा यो संख्या १३६ ले घटेर ७,७५८ मा सीमित भएको छ।

ओहायोमा डिसेम्बरमा २,४६८ जना नेपाली विद्यार्थी अध्ययनरत रहेकामा जनवरीमा ४६ ले घटेर २,४२२ मा झरेको छ। न्युयोर्कमा डिसेम्बरमा २,२६६ जना नेपाली विद्यार्थी अध्ययनरत रहेकामा जनवरीमा यो संख्या ६६ ले घटेर २,२०० पुगेको छ।

त्यस्तै मिसौरीमा डिसेम्बरमा १,५८० जना नेपाली विद्यार्थी अध्ययनरत रहेकामा जनवरीमा ११३ ले घटेर १,४६७ मा झरेको छ। केन्टकीमा जनवरी महिनामा १,६४७ जना नेपाली विद्यार्थी अध्ययनरत छन्। सेभिस रेकर्डअनुसार क्यालिफोर्नियामा १,२०० र इलिनोयमा ८६४ जना नेपाली विद्यार्थी अध्ययनरत रहेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com