मिनेसोटा गोलीकाण्ड: अनुसन्धानमा संलग्न एफबीआई एजेन्टद्वारा राजीनामा


प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार

अमेरिकाको मिनेसोटामा भएको एक महिलाको हत्या प्रकरणमा अनुसन्धान गर्ने जिम्मेवारी पाएकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) की एक एजेन्टले पदबाट राजीनामा दिएकी छिन्।

रेनी गुडको मृत्युसँग सम्बन्धित ‘आइस’ गोलीकाण्डको अनुसन्धानका लागि ती एजेन्टले मिनेसोटा ब्युरो अफ क्रिमिनल एप्रिहेन्सन (बीसीए) सँग समन्वय गरिरहेकी थिइन्।

अनुसन्धानको सुरुमा यसलाई ‘नागरिक अधिकार उल्लंघन’ सम्बन्धी मुद्दाका रूपमा हेरिएको थियो। तर, पछि उनलाई उक्त मुद्दालाई ‘अधिकारीमाथि भएको आक्रमण’ का रूपमा पुनः वर्गीकृत गर्न आदेश दिइयो।

यो विवादपछि एफबीआईले बीसीएलाई अनुसन्धान प्रक्रियामा सहभागी हुनबाट रोकेको थियो। यो राजीनामा एफबीआईले देशव्यापी रूपमा अनुभवी एजेन्टहरूलाई हटाउने अभियान चलाइरहेका बेला आएको हो।

एफबीआईको आन्तरिक सन्देश प्रणालीको समीक्षा गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्पबारे नकारात्मक टिप्पणी गरेको पाइएपछि धेरै एजेन्टहरूलाई स्पष्टीकरण सोधिएको वा हटाइएको छ। कतिपय टिप्पणीहरू एक दशक पुरानासमेत पाइएका छन्।

एफबीआई निर्देशक काश पटेलको नेतृत्वमा भइरहेको यो कारबाहीबाट न्यू अर्लिन्स र मियामीका शीर्ष अधिकारीहरू समेत प्रभावित भएका छन्।

एफबीआई एजेन्ट्स एसोसिएसनले सांसदहरूलाई पत्र लेख्दै निर्देशक पटेलको कदमप्रति गम्भीर आपत्ति जनाएको छ।

“निर्देशक पटेलले संघीय कानुनअनुसार कर्मचारीहरूले पाउनुपर्ने ‘उचित प्रक्रिया’ बिना नै बर्खास्त गरिरहेका छन्। हटाइएका एजेन्टहरूमाथि यसअघि कुनै दुर्व्यवहारको आरोप थिएन र उनीहरूलाई स्पष्टीकरण दिने मौका समेत दिइएको छैन।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com