एनआरएनका परिवारलाई कानुनी सहायताका लागि जीसीको पहलमा फाउण्डेशन


प्रकाशित मिति : कार्तिक २, २०७४ बिहीबार

तस्विर : बिक्रम खत्री

नेपाल सरकारका लागि एकमात्र अवैतनिक एनआरएन सल्लाहकार खगेन्द्र जीसीको पहलमा नेपालमा एनआरएन लिगल डिफेन्स फाउण्डेशनको स्थापना गरिएको छ । मुनाफा रहित तरिकाले समाज सेवामा समर्पित भएर पैसाको अभावमा कानुनको पहुच पाउन नसकेका असहाय नेपाली तथा गैरआवासीय नेपालीहरु र उनीहरुका परिवारहरुका लागि निशुल्क कानुनी सहयोगका लागि फाउण्डेशनको स्थापना गरिएको हो ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खासगरी मध्यपूर्वमा रहेका नेपालीहरुका परिवारलाई कानुनी सहयोग उपलब्ध गराउने उद्देश्य रहेको खगेन्द्र जीसीले जानकारी दिनुभयो । खगेन्द्र जीसी एनआरएनका चर्चित अभियन्ता तथा अमेरिकामा वकालत गर्ने पहिलो नेपाली वकिल हुनुहुन्छ । जीसी फाउण्डेशनको प्रमुख संरक्षक हुनुहुन्छ ।

फाउण्डेशनको नेतृत्वमा कानुन व्यवसायीहरु हरि प्रसाद पाण्डे, समिर जीसी, सुशिलप्रसाद अधिकारी, गोबिन्द प्रसाद उपाध्याय, सकुन भण्डारी लगायत हुनुहुन्छ भने इन्दिरा राणा फाउण्डेशनको संरक्षक हुनुहुन्छ । एनआरएनका वर्तमान अध्यक्ष भवन भट्ट लगायत पूर्व अध्यक्षहरु तथा एनआरएन नेताहरु फाउण्डेशनको ट्रस्टी हुनुहुन्छ ।

बरिष्ठ कानुन व्यवसायी तथा जीवितमध्येका सबैभन्दा पूराना वकिल कृष्णप्रसाद भण्डारी र एनआरएनका नवनिवार्चित अध्यक्ष भवन भट्टले काठमाडौंको दरबारमार्गमा रहेको रोयल सिंघी होटलमा आयोजित कार्यक्रममा फाउण्डेशनको उद्घाटन गर्नुभयो । कार्यक्रममा सर्वोच्च अदालतका प्रधानन्यायाधिस गोपाल पराजुली, सर्बोच्च अदालतका अन्य न्यायाधिसहरु, महान्यायाधिवक्ता वशन्तराम भण्डारी, बरिष्ठ कानुन व्यवसायीहरु, एनआरएनका नवनिर्वाचित उपाध्यक्ष कुमार पन्त लगायतका पदाधिकारीहरु, बार एसोसिएसनका पदाधिकारीहरु लगायतको उपस्थीति रहेको थियो ।

कम आय भएका गैरआवासिय नेपालीहरु तथा निजहरुका परिवारलाई स्वदेश तथा विदेशमा आई पर्ने समस्याहरुको अध्ययन अनुसन्धान गरी आबश्यक कानूनी सेवा तथा परामर्श प्रदान गर्ने तथा उनीहरुका विरुद्ध स्वदेश तथा विदेशमा परेका वा पर्ने मुद्दा मामिलाहरुमा समेत कानूव ब्यवसायीको प्रतिनिधित्व गराई निशुल्क रुपमा मस्यौदा, बहस पैरवी तथा अन्य आबश्यक कानूनी सेवा सुविधा उपलब्ध गराउने फाउण्डेशनको मुख्य उद्देश्य रहेको छ ।

त्यस्तै गैरआवासिय नेपालीहरुको हक हित संरक्षण गर्ने विषयमा आवश्यक अध्ययन, अनुसन्धान, क्षमता अभिवृद्धि, जनचेतना, निति नियम तर्जुमा, योजना निर्माण, लगायतका प्रकृयामा सघाउने, सहभागिता जनाउने र नेपाल भित्रका गरिव तथा असहाय वर्गको विरुद्धमा परेका मुद्दा मामिलामा कानून व्यवसायीको पहुँच पु¥याई निजहरुलाई निशुल्क कानूनी सेवा सुविधा उपलब्ध गराउने फाउण्डेशनको उद्देश्य छ ।

विभिन्न मुद्दामा अभियोग प्रमाणित भई जेल सजाय भोगिरहेका बाबु वा आमाको कारण अनाहकमा जेल जिवन व्यतित गर्न बाध्य भएका बालबालिकाहरुलाई जेलबाट बाहिर समाजिक रुपमा बसोवास तथा शिक्षाको व्यवस्था मिलाउने संस्थाको अर्को उद्देश्य हो ।

लैंगिक समानता तथा कानूनी हक अधिकारका बारेमा जनचेतना अभिवृद्धि गर्नुका साथै सामाजिक न्यायका लागि पिछडिएका वर्गको अधिकारको सवालमा वकालत गर्दै महिला तथा बालबालिका माथि हुने बेचविखन र ओसार पसार, बलात्कार, घरेलु हिंसा जस्ता सामाजिक अपराधजन्य कार्यलाई निरुत्साहित गर्न सामाजिक हिंसाबाट पीडित तथा असाहाय गरिव महिला, बालबालिका तथा बृद्ध र समाजमा पिछडिएका अन्य वर्ग समेतको उद्धार तथा हक अधिकारको बारेमा सामाजिक सचेतिकरणका निमित्त वकालत गर्ने संस्थाको उद्देश्य छ ।

विविध किसिमका घरेलु हिंसामा परेका पिडितहरु तथा असहाय, गरिब, महिला तथा बालबालिकाको उद्धार तथा हक अधिकारको खोजी गर्दै सामाजिक सचेतीकरणका लागि र आधारभूत आवश्यकता पूर्तिको लागि वकालत गर्ने गराउने र देशका जननिर्वाचित सांसद तथा स्थानीय निकायका निर्वाचित जनप्रतिनिधीहरुको पदीय दायित्व बोध तथा कानूनी ज्ञान दिलाउने उद्देश्यका साथ बरिष्ठ कानूनविद्हरु मार्फत तालिमको व्यवस्था गर्ने समेत संस्थाको उद्देश्य छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com