आक्रमणकारीको बन्दुक खोस्ने अहमदलाई भेटेर प्रधानमन्त्रीले भने – ‘अष्ट्रेलियाली नायक’


प्रकाशित मिति : मंसिर ३०, २०८२ मंगलबार

अष्ट्रेलियामा सन् १९९६ यता भएको सबैभन्दा घातक बन्दुक आक्रमणमा एक बन्दुकधारीलाई निशस्त्र पार्ने प्रयास गरेका अहमद अल अहमदलाई अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले अस्पतालमै भेट गरेका छन्। आक्रमणका क्रममा एक जना बन्दुकधारीलाई निशस्त्र पार्न खोज्दा गम्भीर घाइते भएका अहमदलाई प्रधानमन्त्रीले “हाम्रो देशको उत्कृष्ट प्रतिनिधि” भन्दै सम्मान व्यक्त गरे।

दुई सन्तानका पिता तथा फलफूल पसलका मालिक अहमद सिरियामा जन्मिएर हुर्किएका हुन्। प्रत्यक्षदर्शीका अनुसार, कफी किन्न निस्किएका बेला उनले आफ्नै अगाडि मानिसहरूलाई गोली हानिँदै गरेको देखेपछि जोखिम मोलेर हस्तक्षेप गरेका थिए। सो क्रममा उनको काँधमा गोली लागेको थियो। प्रधानमन्त्री अल्बानिजका अनुसार अहमदले बुधबार थप शल्यक्रिया गराउने छन्।

आइतबार सिड्नीमा हनुक्काको पहिलो रात मनाउने कार्यक्रमका क्रममा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको पुष्टि भएको छ। प्रहरीले उक्त घटनालाई यहूदी समुदायलाई लक्षित गरिएको आतङ्कवादी आक्रमण घोषणा गरेको छ।

प्रधानमन्त्री अल्बानिजले अस्पतालबाटै भने, “उहाँको बहादुरी सबै अष्ट्रेलियालीहरूका लागि प्रेरणादायी छ। दुष्टता देखिएको यस्तो क्षणमा उहाँ मानवताको शक्तिको उज्यालो उदाहरण बन्नुभएको छ।” उनले थपे, “अहमद, तपाईं अष्ट्रेलियाका नायक हुनुहुन्छ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घटनाको भिडियो फुटेजमा अहमद पार्क गरिएको कारको पछाडि लुकेर बसेपछि अचानक बाहिर निस्कँदै आरोपित बन्दुकधारीतर्फ दौडिएको देखिन्छ। उनले बन्दुक खोसेर आक्रमणकारीलाई पछि हट्न बाध्य पारेका छन्। त्यसपछि उनले हतियार तल राखी एक हात उठाएर आफू आक्रमणकारी नभएको संकेत प्रहरीलाई दिएका थिए।

अहमदप्रति देशभरबाट समर्थन बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उनको साहसको प्रशंसा गरेका छन्। साथै, एक अमेरिकी अर्बपतिले उनलाई ९९,९९९ डलर दान गर्दै “बहादुर नायक” भनेर सम्मान व्यक्त गरेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com