एफबीआईका पूर्व निर्देशक कोमीविरुद्ध थप मुद्दा चलाउन अदालतको रोक


प्रकाशित मिति : मंसिर २०, २०८२ शनिबार

अमेरिकी संघीय न्यायाधीशले पूर्व एफबीआई निर्देशक जेम्स कोमीलाई पुनः अभियोग लगाउने न्याय मन्त्रालयको प्रयासमा अदालतले तत्कालका लागि रोक लगाएको छ।

न्यायाधीशले कोमीका नजिकका साथी तथा उनका वकिल ड्यानियल रिचम्यानका इमेल र कम्प्युटरबाट प्राप्त महत्त्वपूर्ण प्रमाणहरू अभियोजन पक्षलाई प्रवेश गर्नबाट रोक लगाउने आदेश अदालतबाट जारी भएको हो।

अमेरिकी जिल्ला न्यायाधीश कोलिन कोलार कोटेलीले रिचम्यानका वकिलहरूले माग गरेको अस्थायी प्रतिबन्ध आदेश जारी गर्दै विवादित प्रमाणहरूलाई छुट्टै राख्न आदेश दिएकी हुन्।

सरकारले निजताको अधिकार उल्लंघन गर्दै उनका निजी कम्प्युटरको सम्पूर्ण प्रतिलिपि कब्जा गरी वारेन्ट बिना नै खोजी गरेको हो भन्ने रिचम्यानको दाबीलाई विश्वसनीय ठानेपछि अदालतले यो आदेश दिएको हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकारले रिचम्यानको व्यक्तिगत कम्प्युटरको पूर्ण कपी राख्नु र वारेन्ट बिना खोजी गर्नु संविधानविरुद्ध भएको दाबीमा रिचम्यान सफल हुने सम्भावना उच्च देखिने न्यायाधीशको भनाई रहेको छ।

ड्यानियल रिचम्यानका इमेल, कम्प्युटर डाटालाई कोमीविरुद्ध अभियोग लगाउने प्रयासको रूपमा केन्द्रीय प्रमाण मानिन्छ।

२०१७ मा ट्रम्प प्रशासनले कोमीलाई बर्खास्त गरेपछि न्याय मन्त्रालयले रिचम्यानको कम्प्युटर, आईक्लाउड, र विश्वविद्यालयको इमेल खाताहरूको प्रतिलिपि प्राप्त गरेको थियो।

रिचम्यानले प्रारम्भिक अनुसन्धानका क्रममा कम्प्युटरको प्रतिलिपि बनाउन सहमति दिएका थिए। तर पछि एफबीआईले वारेन्टमार्फत थप जानकारी संकलन गरेको थियो।

कोमीलाई गएको सेप्टेम्बरमा कंग्रेसलाई झुटो बयान दिएको आरोपमा अभियोग लगाइएको थियो। तर कोमीका वकिलले रिचम्यानका डाटामा वकिल–ग्राहक गोपनीयता मिसिएको हुनसक्ने भन्दै अनुसन्धान नै दूषित भएको दाबी गरेका छन्।

रिचम्यानका डाटामा पहुँच नहुँदा न्याय मन्त्रालयको कोमीविरुद्ध नयाँ अभियोग तयार गर्ने प्रयासमा प्रभाव पर्न सक्छ।

न्यायाधीश कोलार कोटेलीले यस मुद्दालाई छिटो निर्णय गर्ने प्रक्रियामा राखेको बताए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com