८० लाखभन्दा बढी न्युयोर्कबासीलाई पठाइयो राहत चेक


प्रकाशित मिति : मंसिर १६, २०८२ मंगलबार

set of black opened envelope and cash dollars

Photo by Karolina Grabowska on Pexels.com

घरायसी खर्चको भार कम गर्ने उद्धेश्यले ८२ लाखभन्दा न्युयोर्कबासीलाई राहत चेक पठाइको छ । कडा परिश्रम गर्ने न्युयोर्कवासीलाई अर्थपूर्ण राहत दिने हाम्रो प्रतिवद्धता पूरा गरेको गर्भनर क्याथी होकुलले बताएकी छिन् । निरन्तर महंगीको चुनौती सामाना गर्न थप अवसरहरु खोजी गर्ने कार्य पनि जारी राख्ने होकुलको भनाई छ ।

राज्यको इतिहासमै यो राहत चेक कार्यक्रम सबैभन्दा ठूलो प्रत्यक्ष सहायता रहेको र आर्थिक वर्ष २०२६ को राज्य बजेटमा सुनिश्चित गरिएको थियो । कुल मिलाएर यसले बासिन्दाहरूलाई २.२ बिलियन डलरको बिना शर्त आर्थिक राहत प्रदान गर्दछ।

चेकहरूको ठूलो हिस्सा वितरण भइसके पनि राज्यका अधिकारीहरूका अनुसार न्युयोर्क स्टेट ट्याक्स डिपार्टमेन्टले थप योग्य प्राप्तकर्ताहरूलाई प्रमाणीकरण गरेसँगै आउँदा हप्ताहरूमा साना समूहहरूमा चेक पठाउने क्रम जारी रहनेछ। यो राहत चेक ४ सय डलरसम्मको रहेको छ ।

गभर्नरको कार्यालयका अनुसार यो राहत न्युयोर्कको प्रत्येक क्षेत्रमा पुगेको छ । वेस्टर्न न्युयोर्क, फिङ्गर लेक्स, साउदन टायर, सेन्ट्रल न्युयोर्क, मोहक भ्याली, नर्थ कन्ट्री, क्यापिटल रिजन, मिड हड्सन, न्युयोर्क सिटी र लङ आइल्रुयाण्डमा राहत चेकहरु पठाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

समग्रमा ८२ लाखभन्दा बढी न्युयोर्कबासीहरूले २ बिलियन डलरभन्दा बढीको चेक प्राप्त गरेका छन्। यो पहल गभर्नर होकुलको व्यापक अफोर्डेबिलिटी एजेन्डाको एक हिस्सा हो, जसमा मध्यम बर्गीय करलाई ७० वर्ष यताकै न्यून स्तरमा झार्ने, राज्यको वाल कर क्रेडिट १ हजार डलरसम्म विस्तरा गर्ने, सबैका लागि निशुल्क विद्यालय भोजन प्रदान गर्ने योजनाहरु समावेश छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com