अमेरिकामा रिपब्लिकन सिनेटरले ५ मिलियन डलर कर तिर्ने, सम्पत्तिको मूल्य कति ?


प्रकाशित मिति : मंसिर १०, २०८२ बुधबार

A close up of a building with a sign on it

अमेरिकी सिनेटर जिम जस्टिसले ५ मिलियन डलरभन्दा बढी कर तिर्न सहमति जनाएका छन्। कर अधिकारीहरूले मुद्दा दायर गरेको केही घण्टामै सिनेटर जस्टिसले कर तिर्न सहमति जनाएका हुन्।

पश्चिम भर्जिनियाका पूर्व गभर्नर समेत रहेका हालका रिपब्लिकन सिनेटर जस्टिसले करिब ५ मिलियन डलर बराबरको लामो समयदेखि बक्यौता कर तिर्न सहमति जनाएका अधिकारीहरूले बताएका छन्।

यो सहमति अमेरिकी कर विभागले उनीविरुद्ध मुद्दा दायर गरेको केही घण्टामै भएको हो। दायर मुद्दामा आईआरएसले जस्टिस दम्पतीले सन् २००९ को कर “पूरै नतिरेको वा तिर्न अस्वीकार गरेको” आरोप लगाएको थियो।

कर विभागले दायर गरेको मुद्दाअनुसार जस्टिस दम्पतीमाथि ५.१६ मिलियन डलर बराबरका बक्यौता कर र ब्याज लागेको छ। सम्झौता अनुसार उनीहरूले सम्पूर्ण रकमसँगै थप ब्याज पनि तिर्नेछन्। तर, कति अवधिभित्र तिर्ने भन्ने विवरण सार्वजनिक गरिएको छैन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जस्टिसले सन् २०१७ देखि सन् २०२५ सम्म पश्चिम भर्जिनिया राज्यको नेतृत्व गरेका थिए। पछि उनी सन् २०२५ मा अमेरिकी सिनेटमा प्रवेश गरे। राजनीतिमा आउनुअघि उनले आफ्नै परिवारको कोइला व्यवसाय दशकौँसम्म चलाएका थिए।

उनको व्यवसायमा विभिन्न राज्यहरूमा दर्जनौँ कोइला खानीहरू थिए। जस्टिसका व्यवसायमा कोइला उत्पादनदेखि कृषि क्षेत्रसम्मका धेरै कम्पनीहरू छन्।

अक्टोबरमा जस्टिसले सन् २०१५ मा आफूलाई लगाइएको कर मूल्यांकनलाई “राजनीतिक उद्देश्यपूर्ण” भएको बताएका थिए।

सन् २०२१ सम्म उनको सम्पत्तिको मूल्य १.९ बिलियन डलरसम्म थियो। तर, सन् २०२५ सम्म आउँदा उनको सम्पत्तिको मूल्य निकै तल पुगेको अनुमान गरिएको छ र जस्टिस परिवार थप आर्थिक समस्यामा छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com