ग्रिनकार्ड अन्तर्वार्ताका क्रममा बेलायती नागरिक ६ महिनाको बच्चासहित पक्राउ


प्रकाशित मिति : मंसिर १०, २०८२ बुधबार

person holding black and yellow book

फोटो: इथान विल्किन्सन

आफ्नो ६ महिनाको बच्चासहित ग्रिन कार्ड अन्तर्वार्ता दिन उपस्थित बेलायती नागरिक केटी पाउललाई स्यान डिएगोस्थित अमेरिकी नागरिकता तथा अध्यागमन सेवा कार्यालयमा आइसका अधिकारीहरुले पक्राउ गरेका छन् । ६ महिनाको बच्चा बोकेर उनी अन्तर्वार्ता दिन उपस्थित भएकी थिइन् । बच्चा च्यापेर अन्र्तवार्ता दिन पुगेका बेला आइसले पक्राउ गरेको हो ।

पाउल उनका पतिसमेत ग्रिन कार्ड अन्तर्वार्ताका लागि कार्यालयमा पुगेका थिए । उनी ग्रिनकार्ड स्वीकृतिको अन्तिम चरणमा थिए, आइस अधिकारीहरुभित्र आए र ६ महिनाको छोरा काखमा लिएकी उनलाई पक्राउ गरियो ।

“सुरुमा उनी ग्रिन कार्डको प्रक्रिया पूरा गर्दासम्म बेलायत फर्किने योजनामा थिइन्, तर उनी गर्भावस्थाको उच्च जोखिममा रहेको भनियो, त्यसैले उनले अमेरिकाबाटै यो प्रक्रिया मिलाउने निर्णय गरेकी थिइन्,” उनकी आमा ५५ वर्षीया जुल्स पिटर्सले भनिन् ।

गर्भावस्थाले यताउता हिडडुल गर्न समस्या भएपछि पाउलले वकिलहरुको सल्लाहमा ग्रिनकार्डको लागि आवेदन दिएकी थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अन्तर्वार्ताका क्रममा पनि आइसले मानिसहरु पक्राउ गरिरहेको छ । अदालतमा उपस्थित आप्रवासीहरुलाई पनि आइस अधिकारीहरुले पक्राउ गरी हिरासतमा लिन थालेपछि यसको चौतर्फी विरोध समेत भइरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com