प्रतिनिधि सभा सदस्यका लागि ४९ दलबाट उम्मेदवारको बन्दसूची पेश


प्रकाशित मिति : आश्विन ३०, २०७४ सोमबार

– नारायण न्यौपाने 

समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न ४९ वटा राजनीतिक दलले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारको बन्दसूची पेश गरेका छन् ।

कान्तिपथस्थित निर्वाचन आयोगमा रहेको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची आइतबार पेश गरेका हुन् ।

प्रतिनिधि सभाका लागि बन्दसूची बुझाउने राजनीतिक दलमा राष्ट्रिय यथार्थवादी पार्टी नेपाल, नेपाल समावेशी पार्टी, जनप्रजातान्त्रिक पार्टी नेपाल, चुरेभावर लोकतान्त्रिक पार्टी, नेपाल युवा किसान पार्टी, हाम्रो पार्टी, नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, तामाङसालिङ लोकतान्त्रिक पार्टी, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी), नेपाल नौलो जनवादी पार्टी, देशभक्त लोकतान्त्रिक पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, नेपाल जनता पार्टी, नयाँ शक्ति पार्टी नेपाल, ग्रिन पार्टी नेपाल, संघीय खम्बुवान् लोकतान्त्रिक पार्टी नेपाल र नेपाल दलित पार्टी छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी), आमूल परिवर्तन मसिहा पार्टी नेपाल, नेपाल वाद, देशभक्त समाज, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय समाजवादी पार्टी नेपाल, नेपाः राष्ट्रिय पार्टी, नेपाल लोकतान्त्रिक जनता काँगे्रस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), समाजवादी जनता पार्टी, जनजागरण पार्टी नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेपाल दर्शन, लिबरल डेमोक्रेटिक पार्टी, जनशक्ति नेपाल, विवेकशील साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल सुकुम्वासी पार्टी (लोकतान्त्रिक), नेपाली कांगे्रस (वी.पी.), संघीय समाजवादी फोरम नेपाल, नेपाली जनता दल, युवा नेपाल पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरूहट) र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले पनि प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारको बन्दसूची बुझाएका हुन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन बहुजन शक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माले), जनसमाजवादी पार्टी, नेपाल राष्ट्रिय शिवसेना पार्टी, राष्ट्रिय नागरिक, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनता पार्टी नेपाल र नेपाली कांग्रेसले उम्मेदवारको बन्दसूची पेश गरेको.छ ।

प्रदेश सभा सदस्य निर्वाचनका लागि दलहरुले उम्मेदवारको नामावलीको बन्दसूची प्रदेशअनुसार बेग्लाबेग्लै निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेका थिए ।

समानुपातिक निर्वाचनतर्फका निर्वाचन अधिकृत एवम् निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालका अनुसार, प्रदेश नं १ मा २७, प्रदेश नं २ मा २९, प्रदेश नं ३ मा ३१, प्रदेश नं ४ मा २०, प्रदेश नं ५ मा २७, प्रदेश नं ६ मा १८ र प्रदेश नं ७ मा २० वटा राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेश गरेका छन् ।

सो क्रममा केही राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रदेश सभाका लागि मात्रै उम्मेदवारको बन्दसूची पेश गरेका छन् । निर्वाचन कार्यतालिकाअनुसार, दलहरुले पेश गरेका उम्मेदवारको बन्दसूचीमाथि कात्तिक ५ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा जाँचबुझ हुनेछ । सो क्रममा कानुनी व्यवस्थाअनुसार, उम्मेदवारको बन्दसूची समानुपातिक प्रतिनिधित्व र समावेशी सिद्धान्तका आधारमा तयार भए नभएको वा अन्य रित पुगे÷नपुगेको यकिन गरी रित नपुगेको पाइएमा सम्बन्धित दललाई सो सूची सच्याउन आयोगले सूचित गर्ने प्रावधान छ ।

निर्वाचन कार्यक्रमअनुसार, आयोगले निर्देशन गरेबमोजिम सम्बन्धित राजनीतिक दलहरूले कात्तिक ६ देखि १२ गतेसम्म उम्मेवारको बन्दसूची सच्याई आयोगमा पेश गर्नुपर्ने व्यवस्था छ ।

निर्वाचन आयोगले कात्तिक १७ गते समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको सङ्ख्यासहितको नामावली सार्वजनिक गर्नेछ । निर्वाचन अधिकृतको कार्यालयले अहिले राजनीतिक दलहरुले बन्दसूचीमा समावेश गरेका उम्मेदवारको विवरण कम्प्युटरमा दर्ता गर्ने कार्य गरिरहेको छ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने ८८ राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको थियो ।

रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com