ट्रम्प प्रशासनले पूर्व एफबीआई निर्देशक कोमीविरुद्ध प्रतिशोध साधेको संघीय न्यायाधीशको टिप्पणी


प्रकाशित मिति : मंसिर २, २०८२ मंगलबार

अमेरिकी ट्रम्प प्रशासनले पूर्व (एफबीआई) निर्देशक जेम्स कोमीविरुद्ध अधिकारको दुरुपयोग गरेर प्रतिशोध साधेको एक जना सङ्घीय न्यायाधीशले टिप्पणी गरेका छन्।

सङ्घीय न्यायाधीश विलियम फित्जप्याट्रिकले पूर्व एफबीआई निर्देशक कोमीविरुद्ध ट्रम्प प्रशासनले चलाएको आपराधिक मुद्दामा “गम्भीर अनुसन्धानात्मक त्रुटिहरू” भएको हुन सक्ने टिप्पणी गरेका हुन्।

उनले २४ पृष्ठको आदेश जारी गर्दै न्याय मन्त्रालयलाई ग्रान्ड ज्युरीका सबै कागजात र प्रमाण कोमीको बचाउ पक्षलाई उपलब्ध गराउन निर्देशन दिएका छन्।

न्याय मन्त्रालयले उक्त आदेशविरुद्ध अपिल गरेको छ। सेप्टेम्बर महिनामा सङ्घीय अभियोग दायर गरियो जब राष्ट्रपति डोनाल्ड ट्रम्पले कोमीमाथि अभियोग चलाउन माग गरेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले नयाँ सङ्घीय अभियोजक लिन्डसे हेलिगन नियुक्त गरेपछि उनले तीन दिनमै कोमीविरुद्ध अभियोग दर्ता गरेकी थिइन्। कोमीले आफूमाथि लगाइएका सबै आरोपमा निर्दोष भएको दाबी गरेका छन्।

आरोपहरूमा कङ्ग्रेसको अनुसन्धानमा अवरोध पुर्‍याएको जस्ता मुद्दाहरू पनि सामेल छन्। कोमीलाई ट्रम्पले पहिलो कार्यकालमै बर्खास्त गरेका थिए।

कोमीले २०१६ को अमेरिकी चुनावमा रुसको हस्तक्षेपबारे अनुसन्धान गरेका थिए, जसपछि उनी ट्रम्पको निरन्तर आलोचनाको लक्ष्य बनेका थिए।

सार्वजनिक गरिएको आदेशमा न्यायाधीश फित्जप्याट्रिकले हेलिगनले ग्रान्ड ज्युरीलाई दिएको कम्तीमा दुई वक्तव्य “कानूनको गलत व्याख्या” भएको र यसले ग्रान्ड ज्युरीको निष्पक्षता खल्बल्याउन सक्ने उल्लेख गरेका छन्।

न्यायाधीशले उल्लेख गरेअनुसार, बयानमा हेलिगनले ग्रान्ड ज्युरीले “केवल प्रस्तुत प्रमाणमा निर्भर हुनुपर्दैन” भन्ने सङ्केत गरेकी थिइन् र सरकारसँग “अरू थप वा अझ राम्रो प्रमाण” रहेको बताएकी थिइन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com