अमेरिकाले आक्रमणको तयारी गरिरहेको भेनेजुएलाको आरोप


प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार

अमेरिकाले भेनेजुएलामाथि सैन्य कारबाही गर्ने तयारी गरेको देखिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भेनेजुएलामा सम्भावित हस्तक्षेपसम्बन्धी छलफल तीव्र बनाएको छ।

राष्ट्रपति ट्रम्पले उच्चस्तरीय छलफलपछि आफूले आक्रमणका बारेमा मनमनै निर्णय गरेको सङ्केत गरेका छन्।

सुरक्षा ब्रिफिङमा राष्ट्रपति ट्रम्पलाई भेनेजुएलाभित्र सैन्य कारबाहीका विकल्पहरूबारे विवरण दिइएको थियो। अमेरिकी सैन्य फौजले क्यारिबियन क्षेत्रमा “अपरेसन सदर्न स्पियर” अन्तर्गत एक दर्जनभन्दा धेरै युद्धपोत र करिब १५,००० सैनिक परिचालन गरिसकेको छ।

‘एयर फोर्स वान’ मा पत्रकारहरूको प्रश्नमा ट्रम्पले भने, “मेरो मनमा लगभग निर्णय भइसकेको छ। अहिले भन्न त सक्दिनँ, तर निर्णय त भइसकेको छ।”

रक्षा मन्त्री पिट हेगसेथ र संयुक्त चीफ्स अफ स्टाफका अध्यक्ष जनरल ड्यान केनले राष्ट्रपति ट्रम्पलाई पहिलो चरणको ब्रिफिङ बुधबार दिएका थिए।

बिहीबार भने परराष्ट्रमन्त्री मार्को रुबियोसहित वरिष्ठ राष्ट्रिय सुरक्षा अधिकारीहरूले सिचुएसन रुममा विस्तृत बैठक गरेका थिए।

दुवै बैठकमा ट्रम्पले सम्भावित लक्ष्य र सैन्य विकल्पहरूको समीक्षा गरेका छन्।

भेनेजुएलाका सैनिक वा सरकारी संरचनामाथि हवाई प्रहार, लागूपदार्थ तस्करी मार्ग तथा कोकिन उत्पादन केन्द्रहरूलाई निशाना बनाउने योजना वा प्रत्यक्ष रूपमा राष्ट्रपति निकोलास मदुरोलाई हटाउने प्रयासका विकल्पका विषयमा छलफल भएको हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केही अधिकारीहरूले कानुनी आधार कमजोर भएकाले तत्काल भित्री भूभागमाथि आक्रमण गर्न कठिन हुन सक्ने सङ्केत गरेका छन्।

अमेरिकाले पछिल्ला हप्ताहरूमा क्यारिबियन क्षेत्रमा ठूलो सन्देश दिनेगरी सैन्य शक्ति बढाएको छ। विश्वकै सबैभन्दा ठूलो विमानवाहक पोत पनि सोही क्षेत्रमै पुगेको छ।

करिब १५,००० सैनिक, १२ भन्दा धेरै युद्धपोत, क्रुजर, डेस्ट्रोयर, मिसाइल–डिफेन्स जहाज, उभयचर हमला जहाज तथा एउटा आक्रमण–पानीजहाज तैनाथ छन्।

१० वटा लडाकु विमान पुएर्टो रिकोमा राखिएका छन्, जुन अमेरिकी सेनाको क्यारिबियन हब बनिरहेको छ। भेनेजुएलाले यसलाई “विशाल सैन्य परिचालन” भन्दै आफ्ना सैनिक र हतियारहरू पनि सक्रिय मोडमा तानेको घोषणा गरेको छ।

अमेरिकालाई विदेशी युद्धबाट टाढा राख्ने वाचा गर्दै सत्तामा आएका ट्रम्पका लागि लामो सैन्य संलग्नता राजनीतिक रूपमा जोखिमपूर्ण बन्न सक्छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com