क्यानाडाद्वारा रुसमाथि थप प्रतिबन्धको घोषणा
प्रकाशित मिति : कार्तिक २६, २०८२ बुधबार
जी सेभेन विदेश मन्त्रीहरूको बैठकमा बोल्दै क्यानडाकी विदेशमन्त्री । फोटो: जी सेभेन २०२५
क्यानाडाकी विदेशमन्त्री अनिता आनन्दले रुसका विरुद्ध थप प्रतिवन्धहरुको घोषणा गरेकी छिन् । जी ७ देशहरुको विदेशमन्त्रीहरु सहभागी बैठकका सन्दर्भमा क्यानाडाले रुसमाथि प्रतिबन्धहरु घोषणा गरेको हो । हिजो जी ७ देशहरुका विदेशमन्त्रीहरुको बैठकका सन्दर्भमा क्यानाडाकी विदेशमन्त्री आनन्दले जी ७ देशहरु रुसको आक्रमणको विरुद्ध युक्रेनको लागि सामुहिक रुपमा एक हुनेछन् र यसलाई पुनः पुष्टि गरिने बताएकी थिइन् ।
प्रतिबन्धहरूले रूसको ड्रोन कार्यक्रमको विकास र तैनाथीमा संलग्न धेरै सहित १३ व्यक्ति र ११ संस्थाहरूलाई सूचीबद्ध गर्दछ। क्यानडा युक्रेन विरुद्ध युद्धभूमिमा फाइदा प्राप्त गर्ने प्रयासमा रूसले भर परेको सैन्य प्रविधिहरूलाई लक्षित गर्ने अग्रणी स्थानमा रहन्छ।
मिडिया रिलेशन अफिस, ल्गोबल अफयर्स क्यानाडाका अनुसार, रुसमाथिका यी नयाँ प्रतिवन्धहरुले युक्रेनमा आक्रमणको लागि आर्थिक लागतहरु बढाउने र हाइब्रिड सैन्य क्षमतालाई घटाउने अवस्था रहन्छ । यी प्रतिवन्धहरुले
रूसमाथि युद्ध अन्त्य गर्न आर्थिक दबाब बढाउन गरिरहेको प्रयासलाई समर्थन गर्छन् र संयुक्त राज्य अमेरिका, युरोपेली संघ र बेलायतले हालै घोषणा गरेका प्रतिबन्धहरूसँग व्यापक रूपमा मिल्दोजुल्दो छन्।

हिजोदेखि सुरु भएको जी ७ देशका विदेशमन्त्रीहरुको बैठक आज महत्वपूर्ण एजेण्डाहरुमाथिको छलफलसँग समापन हुँदैछ ।
रुस युक्रेन युद्ध जटिल मोडमा रहँदा युक्रेनका विदेशमन्त्रीबाट युक्रेन रुस युद्धका पछिल्ला विवरणहरु र यसका प्रभावहरुबारे आज छलफल हुनेछन् ।
जी ७ देशहरु रुसको आक्रमणको विरुद्ध युक्रेनको लागि सामुहिक रुपमा एक हुनेछन् र यसलाई पुनः पुष्टि गर्ने क्यानाडाकी विदेशमन्त्री अनिता आनन्दको भनाइ छ । आनन्दले अष्ट्रेलिया, ब्राजिल, भारत, मेक्सिको, साउदी अरेबिया, दक्षिण अफ्रिका, दक्षिण कोरिया र युक्रेनलाई पनि बैठकमा आमन्त्रित रुपमा बोलाइएको छ ।
विदेशमन्त्रीहरुको बैठक अघि क्यानाडाकी विदेशमन्त्री आनन्दले यूकेका विदेश सचिव यवेट कूपरसँग ओन्टारियोको ओकभिलमा भेटघाट गरेकी थिइन् ।
क्यानाडा र यूकेबीच गहिरो र ऐतिहासिक सम्बन्ध स्मरण गर्दै विदेशमन्त्री आनन्दले दुई देशबीच आर्थिक तथा व्यापार कार्य समूह अन्तर्गत हालै भएको प्रगतिको स्वागत गरेको र व्यापार लगानी बढाउने आवश्यकतामाथि भेटमा छलफल भएको मिडिया रिलेशन अफिस ग्लोबल अफयर्स क्यानाडाले जनाएको छ ।
छलफलभरि, मन्त्री आनन्दले ट्रान्सएट्लान्टिक सुरक्षालाई सुदृढ पार्ने महत्त्वलाई जोड दिएकी थिइन् र नेटो रक्षा खर्चको सन्दर्भमा क्यानडाको प्राथमिकताहरूलाई रेखांकित गरेको पनि अफयर्सले जानकारी दिएको छ ।
विदेशमन्त्री आनन्दले जापानका विदेशमन्त्री मोटेगी तोशिमित्सुसँग पनि साइडलाइन वार्ता भएको छ । मोटेगीको परभार ग्रहणपछि र इन्डोप्यासिफिक साझेदारसँग क्यानाडाको सम्बन्धलाई अझ बजबुत बनाउन काम गरेपछि यी दुई विदेशमन्त्रीहरुबीच पहिलो प्रत्यक्ष भेटघाट भएको हो । भेटमा विदेशमन्त्री आनन्दले क्यानाडा जापान सुरक्षा र आर्थिक साझेदारीलाई सुदृढ पार्ने महत्वमा जोड दिँदै द्विपक्षीय हितका विषयमा पनि कुराकानी भएको थियो ।
त्यसैगरी, नायग्रामा भारतीय विदेशमन्त्री एस जयशंकरलाई पनि क्यानाडाकी विदेशमन्त्री आनन्दले स्वागत गरेकी छिन् । तेस्रो पटकको भेटमा आनन्दले भारतमा भएको वम विस्फोटमा मारिएकाहरुप्रति दुख व्यक्त गरेकी छिन् । यी दुई विदेशमन्त्रीहरुले क्यानडा-भारत संयुक्त मार्गचित्रमा भइरहेको प्रगतिको बारेमा पनि छलफल गरेका छन् जसले ऊर्जा, व्यापार र जनता-जनता सम्बन्ध लगायत प्रमुख क्षेत्रहरूमा सहयोग बढाउने योजना तय गर्ने विश्वास गरिएको छ ।








