न्युयोर्कमा मंगलबार जमाउने जाडोको चेतावनी, तापक्रम जिरो डिग्री सेल्सियसभन्दा तल


प्रकाशित मिति : कार्तिक २४, २०८२ सोमबार

tuxedo cat lying on bed

फोटो: पेड्रो सान्ज

राष्ट्रिय मौषम सेवाका अनुशार मंगलबार बिहानैदेखि न्युयोर्क र न्यु जर्सीमा जमाउने जाडोको चेतावनी लागू हुने भएको छ। सोमबार तापक्रम ५० डिग्री फरेनहाइटको मध्य आसपासमा रहेको र वर्षा भएपछि यो चिसो आएको हो। मंगलबार बिहान १ बजेतिर तापक्रम घट्न थाल्नेछ। यो चेतावनी बिहान ९ बजेसम्म लागू हुनेछ।

चिसो हावाको अनुभूति २५ डिग्री फरेनहाइट (माइनस ४ डिग्री सेल्सियस) सम्म झर्ने अनुमान गरिएको छ भने हावाको गति प्रति घण्टा ४० माइलसम्म पुग्न सक्नेछ। राष्ट्रिय मौषम सेवाका अनुशार पनि तापक्रम ३० डिग्री फरेनहाइट वा माइनस १ डिग्रीभन्दा तल झर्न सक्छ। काममा गाडी चलाएर जाने यात्रुहरूले आफ्नो कार तताउनको लागि केही अतिरिक्त मिनेट छुट्याउनु पर्ने हुनसक्छ ।

न्युयोर्क सिटी अफिस अफ इमर्जेन्सी म्यानेजमेन्टले चिसोको समयमा न्युयोर्कवासीहरूले आफूलाई सुरक्षित राख्न अपनाउनुपर्ने उपायका बारेमा सचेत गराएको छ । पाल्तु जनावरहरूलाई सुरक्षित राख्न र जनावरहरूलाई राति घरभित्र ल्याउन सुझाव दिइएको छ । जम्ने तापक्रममा थोरै समयको सम्पर्कले पनि खतरा निम्त्याउन सक्ने चेतावनी दिइएको छ ।

बाहिरका बिरुवाहरूलाई जोगाउन सुझाव दिइएको छ । गमलामा राखिएका बिरुवाहरूलाई भित्र सार्न र तुषारोको क्षतिबाट बचाउन बाहिर छोडिएका कुनै पनि बिरुवालाई कपडा वा बोराले छोपिदिन सुझाव दिइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पाइपहरूलाई जम्नबाट जोगाउन सुझाव दिइएको छ । न्यानो नभएका वा हावा छिर्ने ठाउँहरूमा सबैभन्दा जोखिममा रहेको धाराबाट हल्का पानी चुहिन दिन सुझाव दिइएको छ भने न्यानो हावा प्रसारित हुन दिन सिङ्कमुनिका क्याबिनेट ढोकाहरू खोल्न सुझाव दिइएको छ ।

न्यानो लुगा लगाउन सुझाव दिइएको छ । चिसो हावाले तापक्रम अझ बढी चिसो महसुस गराउनसक्ने भएकाले विशेष गरी बिहानको समयमा बाक्ला लुगाहरू लगाउन र छालालाई ढाक्न सुझाव दिइएको छ । विन्डशिल्ड, फुटपाथ र अन्य सतहहरूमा तुषारो जम्ने सम्भावना रहेकाले हिँड्दा, साइकल चलाउँदा वा गाडी चलाउँदा सावधानी अपनाउन भनिएको छ । मंगलबार बिहान आफ्नो कार तताउन र झ्यालहरू सफा गर्नको लागि अतिरिक्त समय छुट्याउन सुझाव दिइएको छ ।

मंगलबार तापक्रम अत्यन्तै चिसो भएतापनि बाँकी हप्ताको लागि अधिकतम तापक्रम ५० डिग्री फरेनहाइटभन्दा अलिकति माथिसम्म पुग्ने अनुमान गरिएको छ । यद्यपी शनिबार तापक्रम पुन घट्ने अनुमान छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com