नयाँ अध्ययनको संकेत: उच्च कोलेस्ट्रोलका बिरामीका लागि आशाको नयाँ किरण


प्रकाशित मिति : कार्तिक २४, २०८२ सोमबार

जिन काट्ने प्रविधिबाट स्थायी रूपमा उच्च कोलेस्ट्रोल घटाउने सम्भावना देखिएको नयाँ अध्ययनले देखाएको छ।

चिकित्सकहरूले भविष्यमा जिन एडिटिङ प्रविधिको प्रयोग गरेर मानिसको उच्च कोलेस्ट्रोल सधैंका लागि घटाउन सक्ने सम्भावना रहेको नयाँ अध्ययनले औंल्याएको छ। यसले लाखौं मानिसहरूलाई जीवनभर औषधि खानुपर्ने आवश्यकता हटाउन सक्छ।

यो प्रारम्भिक अध्ययन न्यू इङ्गल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित गरिएको हो। अध्ययनमा १५ जना गम्भीर बिरामीहरू सहभागी थिए। यसको मुख्य उद्देश्य नयाँ क्रिस्पर प्रविधिबाट विकसित औषधिको सुरक्षा परीक्षण गर्नु थियो।

क्रिस्पर क्यास-९ प्रविधिलाई “जैविक कैंची” पनि भनिन्छ, जसले शरीरभित्रको लक्ष्यित जिन लाई काटेर त्यसलाई परिवर्तन, सक्रिय वा निष्क्रिय गर्न सक्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अध्ययनका प्रारम्भिक परिणामहरू उत्साहजनक छन्। औसत रूपमा बिरामीहरूको “खराब कोलेस्ट्रोल” झन्डै ५० प्रतिशतले घटेको पाइएको छ। साथै, ट्राइग्लिसराइड (रगतमा हुने अर्को प्रकारको बोसो) पनि ५५ प्रतिशतले घटेको रिपोर्ट गरिएको छ।

अध्ययनका वरिष्ठ लेखक समेत रहेका ओहायोको क्लीभल्यान्ड क्लिनिकका हृदय रोग विशेषज्ञ डा. स्टिभन निसेनले भने, “हामीलाई आशा छ यो उपचार स्थायी हुनेछ, गम्भीर रोग भएका युवा बिरामीहरूले एक पटकको जिन थेरापी लिएपछि जीवनभर कोलेस्ट्रोल र ट्राइग्लिसराइड घटाउन सक्नेछन्। यो त सपना पूरा भएको जस्तै हो।”

यो उपचारको सोच एउटा प्राकृतिक जिन म्युटेशनबाट आएको हो। केही मानिसहरूमा ए-एन-जी-पी-टी-एल-थ्री नामक जिन निष्क्रिय हुन्छ, जसले शरीरमा एलडीएल र ट्राइग्लिसराइडको मात्रा नियन्त्रण गर्छ।

अमेरिकामा हरेक २५० जनामध्ये एक जनामा यस्तो म्युटेशन हुन्छ, जसका कारण उनीहरूको जीवनभर कोलेस्ट्रोल अत्यन्तै कम रहन्छ र हृदय रोगको जोखिम लगभग शून्य हुन्छ।

नेतृत्वकर्ता लेखक डा. लुक लाफिनका अनुसार एलडीएल र ट्राइग्लिसराइड एकसाथ घटाउने हाल बजारमा कुनै पनि प्रभावकारी उपचार नरहेको बताए।

अध्ययनमा साइड इफेक्ट न्यून देखिएको छ। अब यस उपचारको दोस्रो चरणको क्लिनिकल ट्रायल चाँडै सुरु हुने देखिएको छ। त्यसपछि तेस्रो चरणमा ठूलो सङ्ख्यामा परीक्षण गरिनेछ, डा. निसेनले बताए।

“यो निकै रोमाञ्चक अनुसन्धान हो, तर अहिले नै निष्कर्ष निकाल्न हतार गर्नु हुँदैन। जबसम्म सुरक्षा र दीर्घकालीन प्रभाव स्पष्ट हुँदैन, बिरामीहरूले आफ्नो नियमित कोलेस्ट्रोल घटाउने औषधि लिन बन्द गर्नु हुँदैन,” डा. निसेनको भनाइ छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com