उद्घाटन भएको एक वर्षपछि मुस्ताङको कोरला नाकाबाट अध्यागमन सेवा सञ्चालन


प्रकाशित मिति : कार्तिक २२, २०८२ शनिबार

फोटोः गर्ड आइचम्यान CC BY-SA 4.0, विकिमीडिया कमन्स

मुस्ताङ जिल्लाको कोरला अध्यागमन कार्यालयबाट सेवा प्रवाह सुरु भएको छ । कार्यालयको उद्घाटन भएको एक वर्षपछि पहिलोपटक १३ जना नेपाली चीन प्रस्थान गरेका छन् । २०८१ कार्तिक १४ मा कार्यालयको उद्घाटन भएको थियो ।

कोरला अध्यागमन कार्यालय परिसरमा बाक्लो हिउँ परेका कारण अध्यागमन सेवा ल्होमान्थाङ् ईलाका प्रशासन कार्यालयबाट सेवा प्रवाह गरिएको हो । ल्होमान्थाङ् गाउँपालिकाका अध्यक्ष श्री सहित १३ जनाको टोली  कोरला हुँदै ल्हासा प्रस्थान गरेको छ। चीनको अध्यागमनले पनि चीन प्रवेशका लागि कोरलाबाट साधारण राहदानीमा भिसा जारी गरेको छ। यसअघि विभिन्न प्रयास गरिए तापनि सेवा सुचारु हुन सकेको थिएन।

नेपाल सरकारले माथिल्लो मुस्ताङ क्षेत्रलाइ निषेधित क्षेत्र घोषणा गरेको कारण त्यस क्षेत्रमा प्रवेश गर्दा वा पदयात्रा गर्दा पहिलो १० दिनका लागि ५०० अमेरिकी डलर तिर्नुपर्छ। कोरला नाका हुँदै नेपाल प्रवेश गर्दा चिनियाँ नागरिकले समेत ५०० अमेरिकी डलर तिर्नुपर्ने हुन्छ। नेपाल सरकारले चिनियाँलाई पर्यटक भिसा भने एक भिसा वर्षमा १५० दिन निशुल्क उपलब्ध गराउँदै आएको छ। निषेधित क्षेत्रमा प्रवेश गर्दा नै चिनियाँ नागरिक लगायत अन्य मुलुकका नागरिकले ५०० अमेरिकी डलर तिर्नुपर्ने भएकोले उक्त शुल्क पुनरावलोकनको लागि विभिन्न चरणमा छलफल भईरहेको छ।

कोरला नाकामा चीनतर्फ आधुनिक पूर्वाधारसहितको अध्यागमन, भन्सार, क्वारेन्टाइन, सुरक्षा लगायतका कार्यालय छन्। नेपालतर्फ भने कोरलामा अध्यागमन कार्यालय मात्र छ । क्वारेन्टाइन, भन्सार र सुरक्षा कार्यालयहरु भने करिब १५ किलोमिटरको दूरी वरै नेचुङमा रहेका छन् । यसका कारण भन्सार अध्यागमन र सुरक्षा निकायबाट एकीकृत रुपमा सेवा प्रवाह गर्न सहज छैन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com