अमेरिकी पूर्वउपराष्ट्रपति डिक चेनीको ८४ वर्षको उमेरमा निधन


प्रकाशित मिति : कार्तिक १८, २०८२ मंगलबार

इराकमाथि सन् २००३ मा भएको अमेरिकी आक्रमणका मुख्य योजनाकार तथा शक्तिशाली उपराष्ट्रपतिहरूमध्ये एक मानिने अमेरिकी पूर्वउपराष्ट्रपति डिक चेनीको ८४ वर्षको उमेरमा निधन भएको छ। उनको परिवारले निमोनिया र मुटु तथा रक्तनलीसम्बन्धी रोगका जटिलताका कारण सोमबार उनको निधन भएको जानकारी दिएको हो।

पूर्व उपराष्ट्रपति चेनीले सन् २००१ देखि २००९ सम्म राष्ट्रपति जर्ज डब्ल्यू. बुसका कार्यकालमा सेवा दिएका थिए। उनले राष्ट्रपतिको शक्तिमा विस्तारको पक्षमा कडा रूपमा वकालत गरेका थिए । उनले उपराष्ट्रपति कार्यालयलाई अमेरिकी इतिहासकै सबैभन्दा प्रभावशाली बनाएका थिए। इराकसँग विनाशकारी हतियार रहेको दाबी गर्दै उनले २००३ को आक्रमणलाई जोडदार रूपमा समर्थन गरेका थिए । यद्यपि, पछि कुनै हतियार भने फेला परेको थिएन।

उनीकी छोरी लिज चेनी पनि अमेरिकी राजनीतिमा चर्चित थिइन्। तर, डोनाल्ड ट्रम्पविरुद्ध खुलेर बोल्दै महाभियोगको पक्षमा मत दिएपछि उनले सांसदको सिट गुमाइन्। चेनी स्वयंले समेत ट्रम्पलाई ‘गणतन्त्रका लागि सबैभन्दा ठूलो खतरा’ भनेका थिए । साथै, उनले सन् २०२४ मा डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसलाई समर्थन गरेका थिए ।

मुटुसम्बन्धी समस्याले दीर्घकालीन रूपमा चेनीलाई सताएको थियो। ३७ वर्षको उमेरमा उनलाई पहिलो पटक हार्ट अट्याक भएको थियो । चेनीले सन् २०१२ मा मुटु प्रत्यारोपण समेत गराएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com