ह्वाइट हाउसमा पत्रकारहरूको स्वतन्त्र पहुँचमा कडाइ, नयाँ नियम लागू


प्रकाशित मिति : कार्तिक १५, २०८२ शनिबार

ह्वाइट हाउसले पत्रकारहरूका लागि नयाँ कडा नियम लागू गरेको छ । नयाँ नियमअन्तर्गत प्रेस सेक्रेटरी क्यारोलीन लेभिट र अन्य उच्च सञ्चार अधिकारीहरूको कार्यालयमा पूर्व स्वीकृतिबिना प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ। यो कार्यालय ओभल अफिसको नजिकै, वेस्ट विङमा अवस्थित छ।

राष्ट्रिय सुरक्षा परिषद्ले जारी गरेको नयाँ नीतिअनुसार ‘अप्पर प्रेस’ भनेर चिनिने कक्ष १४० मा अब पत्रकारहरूले पूर्वनिर्धारित भेटघाटबिना प्रवेश गर्न पाउने छैनन्। यो उपाय संवेदनशील सामग्रीको सुरक्षाका लागि गरिएको जनाइएको छ ।

यसअघि रक्षा मन्त्रालयले पनि पत्रकारहरूको पहुँचमा कडाइ गरेको थियो, जसका कारण धेरै पत्रकारहरूले पेन्टागन छोडेर आफ्नो प्रेस पास फिर्ता गरेका थिए। ह्वाइट हाउसले भने आफ्नो नीति परिवर्तन पत्रकारहरूले गोप्य रूपमा अडियो–भिडियो रेकर्ड गर्ने, संवेदनशील जानकारी चित्रण गर्ने लगायतका गतिविधि रोक्नका लागि गरिएको बताएको छ।

यसबारे ह्वाइट हाउस कोरेस्पोन्डेन्ट्स एसोसिएशनले कडा आपत्ति जनाएको छ । अध्यक्ष वेजिया जियाङले भनिन्, “यो कदमले पारदर्शितामा कमी ल्याउँछ । साथै, पत्रकारहरूको समाचार सङ्कलनको क्षमतालाई कमजोर पार्छ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् १९९३ मा क्लिन्टन प्रशासनले पनि यस्तै नियम लागू गरेको थियो । तर, आलोचनापछि फिर्ता लिइएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com