पेन्टागनद्वारा अत्याधुनिक विमानवाहक युद्धपोत क्यारिबियन सागरतर्फ पठाउने घोषणा


प्रकाशित मिति : कार्तिक ७, २०८२ शुक्रबार

अमेरिकी युद्ध मन्त्रालय (पेन्टागन) ले अत्याधुनिक विमानवाहक युद्धपोतलाई क्यारिबियन सागरतर्फ पठाउने घोषणा गरेको छ । उक्त युद्धपोतले ९० वटा विमानसम्म बोक्न सक्छ।

यसलाई ट्रम्प प्रशासनको “लागू पदार्थ तस्करीविरुद्धको युद्ध” को ठूलो विस्तारका रूपमा हेरिएको छ । अब यसले अमेरिकालाई जमिनमा रहेका लक्ष्यहरूमा पनि आक्रमण गर्न सक्ने क्षमता प्रदान गर्नेछ।

यो विमानवाहक युद्धपोत हाल भूमध्यसागरमा तैनाथ छ । अब आफ्नो वर्तमान मिसनको अन्त्यमा यो भेनेजुएलाको तटतर्फ सर्ने तयारीमा रहेको छ । यससँगै अन्य युद्धपोतहरू, दर्जनौँ सुपर होर्नेट लडाकु विमानहरू र निगरानीका विमानहरू पनि तैनाथ गरिने पेन्टागनले जनाएको छ।

पेन्टागनका प्रवक्ताले नौसैनिक उपस्थिति अमेरिकाको सुरक्षा र पश्चिमी गोलार्धको स्थायित्वमा असर पार्ने अवैध गतिविधिहरू पत्ता लगाउने, निगरानी गर्ने र विफल पार्ने क्षमतालाई सुदृढ बनाउने बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उता भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोले अमेरिकामाथि “नयाँ युद्धको वातावरण निर्माण गरेको” आरोप लगाएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग भने, “अब जमिनको पालो आएको छ । उनीहरूका लागि जमिनमा रहेका लागू पदार्थहरू अझ खतरनाक छन् । अब ती लक्ष्यहरूमा कारबाही हुनेछ।”

ट्रम्पले कुन देशमा वा कुन लक्ष्यमा आक्रमण गर्ने योजना रहेको हो भन्ने खुलाएका छैनन् । तर, उनले युद्ध मन्त्री (वा रक्षा सचिव) पिट हेगसेथलाई यो योजनाबारे अमेरिकी कांग्रेसलाई सूचित गर्न निर्देशन दिएका छन्।

अमेरिकाले युद्ध घोषणा नगर्ने तर अमेरिकातर्फ लागू पदार्थ ल्याउन खोज्ने मानिसहरू सबैलाई मार्ने उनले चेतावनी दिएका छन्।

ट्रम्प प्रशासनले पहिलो पटक सेप्टेम्बर ३ मा एउटा “ड्रग बोट” माथि हवाई आक्रमण गरेको थियो । त्यसयता कम्तीमा नौवटा हवाई प्रहारहरू गरिएका छन् । हालसम्मका अमेरिकी आक्रमणहरूमा कम्तीमा ४३ जना मारिएका छन्।

ट्रम्पले अक्टोबर १५ मा भेनेजुएलामा सीआईएको “गोप्य कारबाही” को अनुमति दिएको पुष्टि गरेका छन्। हाल सीआइएले हवाई आक्रमणका लागि आवश्यक गोप्य जानकारीहरूको अधिकांश हिस्सा उपलब्ध गराइरहेको छ।

ट्रम्प प्रशासनले यस अभियानलाई “ड्रग कार्टेलहरूमाथिको युद्ध” भनेर व्याख्या गरे पनि विश्लेषकहरूका अनुसार यसको राजनीतिक उद्देश्य भेनेजुएलाको मादुरो सरकारलाई कमजोर पार्नु हो ।

भेनेजुएलासँगको तनाव लामो समयदेखि चल्दै आएको छ। अमेरिकाले मादुरो सरकारलाई “नार्को–राज्य” (लागू औषधको व्यापारबाट चल्ने राज्य) को रूपमा चित्रित गरेको छ । मादुरोले अमेरिकालाई “आक्रमणकारी” र “औपनिवेशिक सोचको” देश भनेका छन्।

अमेरिकाले आफ्नो अत्याधुनिक युद्धपोत क्यारिबियन पठाउने निर्णय गर्दै भेनेजुएलासँगको तनावलाई नयाँ स्तरमा पुर्याएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com