अमेरिकी युद्धमन्त्री हेगसेथ चढेको विमानको आपतकालीन अवतरण


प्रकाशित मिति : आश्विन २९, २०८२ बिहीबार

अमेरिकी युद्धमन्त्री पिट हेगसेथको विमानलाई आकस्मिक अवतरण गराइएको छ।

हेगसेथ सवार विमान अमेरिका फर्किने क्रममा बेलायतमा आकस्मिक अवतरण गरेको अमेरिकी युद्ध मन्त्रालय (पेन्टागन) ले जानकारी दिएको छ।

युद्धमन्त्री हेगसेथ नेटोको रक्षामन्त्रीहरूको बैठकमा सहभागी भएर बेल्जियमबाट अमेरिका फर्कँदै थिए। उडानका क्रममा विमानको अगाडिको सिसा फुटेको पाइएपछि आपतकालीन अवतरण गरिएको बताइएको छ।

पेन्टागनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत विमानले मानक प्रक्रियाअनुसार अवतरण गरेको र मन्त्री हेगसेथसहित सबै यात्रुहरू सुरक्षित रहेको उल्लेख गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विमानले आयरल्यान्डको दक्षिण–पश्चिम तट नजिक उचाइ गुमाउन थालेपछि पूर्वतर्फ फर्किएको थियो। उक्त समयमा विमानको उचाइ करिब १०,००० फिटसम्म झरेको देखिएको थियो।

विमानले ट्रान्सपन्डरमा “७७०० स्क्वाक कोड” प्रसारण गरेको थियो। यो कोडले विमानमा सामान्य आपतकालीन अवस्था (जस्तै: इन्जिन समस्या, दबाब घट्नु, वा स्वास्थ्य आपतकाल) सङ्केत गर्छ।

यसअघि पनि फेब्रुअरी महिनामा अमेरिकी विदेशमन्त्री मार्को रुबियो सवार सरकारी विमानमा ककपिटको सिसा फुटेपछि उडान फिर्ता गर्नुपरेको थियो।

स्मरण रहोस्, बेल्जियममा बसेको रक्षामन्त्रीहरूको बैठकमा युक्रेनको सुरक्षा स्थितिबारे छलफल गरिएको थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com