ट्रम्प प्रशासनद्वारा रिफण्ड बढाउने र ट्याक्स बिल कम गर्नेगरी करका दर परिवर्तन


प्रकाशित मिति : आश्विन २२, २०८२ बिहीबार

आईआरएसले बिहीबार यस वर्ष र आगामी वर्षका लागि सङ्घीय कर रिटर्नमा समायोजनको घोषणा गरेको छ। मुद्रास्फीतिमा भएको परिवर्तनका साथै गत जुलाईमा लागू बिग ब्युटिफुल बिल अन्तरगतका नयाँ कर कानुनका प्रावधानहरूका कारण यो समायोजन गरिएको हो ।

यी समायोजनहरूले तपाईँलाई कसरी असर गर्छ भन्ने कुरा तपाईँले लिने कटौतीहरू र तपाईँको कर योग्य आम्दानी कति हुन्छ भन्नेमा निर्भर गर्दछ। तर, सामान्यतया धेरै करदाताहरूले सामान्य राहत पाउनेछन् किनकि कटौतीहरू र थ्रेसहोल्डहरू माथि सारिएका छन् ।

समायोजन अन्तरगत स्ट्यान्डर्ड डिडक्सनमा वृद्धि गरिएको छ । जस अन्तगत स्टाण्डर्ड डिडक्सनको छनौट गर्ने एकल फाइलरहरुले कर बर्ष २०२५ मा १५ हजार ७ सय ५० डलरसम्मको आम्दानीमा कर तिर्नुपर्ने छैन । यो रकम कर बर्ष २०२५ का लागि १५ हजार रहेकोमा अब कर बर्ष २०२५ कै लागि ७ सय ५० डलर थपिएको हो । विवाहित जोडीहरूको लागि ३० हजारबाट बढाएर ३१ हजार ५ यि र घरका प्रमुखहरूको लागि २२ हजार ५ सय बाट बढाएर २३ हजार ६२५ पुर्‍याइएको छ। त्यसपछि, कर वर्ष २०२६ को लागि मुद्रास्फीतिका कारण यो दर एकल फाइलरको लागि १६ हजार १ सय, संयुक्त फाइलरको लागि ३२ हजार २ सय र घरका प्रमुखहरूको लागि २४ हजार १५० पुग्नेछ।

आईआरएसले २०२६ को लागि नयाँ आयकर ब्राकेटहरुमा पनि मुद्रास्फीति समायोजन गरेर सिमालाई बढाएको छ । जसले गर्दा करदाताले तिर्ने करको रकम केही कम हुनेछ । करबर्ष २०२६ मा एकल करदाताहरूले पहिलो १२ हजार ४ सयका लागि १० प्रतिशतसम्ममात्र कर तिर्नेछन् । २४ हजार ८ सय डलरसम्म आम्दानी हुने दम्पत्तिहरुले १० प्रतिशत कर तिर्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै एकल फाइलरले १२ हजार ४ सय माथि ५० हजार ४ सय सम्मको आम्दानीमा १२ प्रतिशत, त्योभन्दा माथि १ लाख ५ हजार ७ सयसम्मको आम्दानीमा २२ प्रतिशत, त्योभन्दामाथि २ लाख १ हजार ७ सय ७५ सम्मको आम्दानीमा २४ प्रतिशत, त्योभन्दा माथि २ लाख ५६ हजार २ सय २५ सम्मको आम्दानीमा ३२ प्रतिशत, त्योभन्दा माथि ६ लाख ४० हजार ६ सयसम्मको आम्दानीमा ३५ प्रतिशत र त्योभन्दा माथिको आम्दानीमा ३७ प्रतिशत कर तिर्नुपर्नेछ ।

संयुक्त फाइल गर्ने दम्पत्तिको हकमा ३२ प्रतिशसम्मको सिमा दोब्बर रहेको छ । तर ५ लाख १२ हजार ४ सय ५० भन्दा माथि आम्दानी हुने दम्पत्तिले ७ लाख ६८ हजार ७ सय डलरको सिमासम्ममात्र ३५ प्रतिशत कर तिरे पुग्नेछ, त्योभन्दा माथि आम्दानी भएमा ३७ प्रतिशतकै दर लाग्नेछ । चालु करबर्ष २०२५ को तुलनामा २०२६ का लागि करका कोस्ठकका केही सिमाहरु २ दशमलव ३ प्रतिशतदेखि ३ दशमलव ९ प्रतिशतसम्मले बढेका छन् ।

यी समायोजनहरूमा अर्नड इन्कम ट्याक्स क्रेडिटमा भएको वृद्धि पनि समावेश छ। यो क्रेडिट विशेष गरी कम आय भएका परिवारहरूको लागि मूल्यवान हुन्छ, किनकि यो कर तिर्नुपर्ने रकममा डलर बराबरको कटौती हो। साथै, यो फिर्ता योग्य क्रेडिट भएकोले, यदि कर दायित्व कम छ भने यसले रिफण्ड रकम बढाउन सक्छ। आईआरएसले अर्को वर्षको लागि यस क्रेडिटको अधिकतम मूल्य बढाएको छ। उदाहरणका लागि, तीन वा सोभन्दा बढी बालबालिका भएका योग्य कर फाइलरहरूले यस वर्षको ८ हजार ४६ डलरबाट बढाएर अधिकतम ८ हजार २ सय ३१ डलरसम्म दाबी गर्न सक्नेछन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com