एफबीआईका पूर्व निर्देशक कोमीद्वारा आफू निर्दोष रहेको भन्दै अदालतमा निवेदन दर्ता


प्रकाशित मिति : आश्विन २१, २०८२ बुधबार

अमेरिकी संघीय अनुसन्धान निकाय (एफबीआई) का पूर्व निर्देशक जेम्स कोमीले आफू निर्दोष रहेको भन्दै अदालतमा निवेदन दर्ता गरेका छन्। उनीमाथि सांसदहरूलाई गलत बयान दिएको र कंग्रेसको कार्यवाहीमा अवरोध पुर्याएको अभियोग लगाइएको छ।

कोमीका वकिल प्याट्रिक फिजगेराल्डले भर्जिनियाको एलेक्जान्ड्रियास्थित संघीय अदालतमा उनको तर्फबाट यो निवेदन दर्ता गराएका हुन्।
फिजगेराल्डले यो मुद्दा खारेज गराउने प्रयास गर्ने बताएका छन्।

उनका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पका आलोचक कोमीलाई राजनीतिक रूपमा निशाना बनाइएको हो। ट्रम्पले आफ्नो महान्यायाधिवक्ता (एटर्नी जनरल) लाई कोमीविरुद्ध कारबाही गर्न निर्देशन दिएको केही दिनभित्रै कोमीमाथि अभियोग दर्ता गरिएको थियो।

न्यायाधीशले कोमीको माग अनुसार छिटो सुनुवाइ हुने गरी जनवरी ५ को मिति तोकेका छन्। अदालतमा अभियोजन र बचाउ पक्ष दुवैले मुद्दा दुईदेखि तीन दिनमै सकिने अपेक्षा व्यक्त गरेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोमीका वकिल फिजगेराल्डले भने, उनीहरूले मुद्दा सुरु हुनुअघि नै “बदला स्वरूप” अभियोजन गरिएको दाबीसहित मुद्दा खारेजीका लागि अनेक आवेदनहरू दर्ता गर्ने योजना बनाएका छन्। साथै, यो मुद्दा हेर्नका लागि अमेरिकी अटर्नीको नियुक्ति पनि अवैध भएको उनीहरूको दाबी छ।

कोमीको मुद्दा सुरुमा भर्जिनियाका अभियोजक एरिक सिबर्टको मातहतमा थियो। तर, ट्रम्पको दबाबपछि उनले राजीनामा दिएका थिए। सिबर्टले न्यूयोर्ककी एटर्नी जनरल लेटिटिया जेम्समाथि गरेको अनुसन्धानबाट कुनै अभियोग नलगाएको कारण उनलाई हटाइएको थियो। त्यसपछि ट्रम्पले लिण्डसी ह्यालिगनलाई उनको स्थानमा नियुक्त गरेका थिए।

संघीय न्यायाधीश माइकल नाचम्यानोफका अनुसार प्रत्येक अभियोगमा अधिकतम पाँच वर्ष कैद र २ लाख अमेरिकी डलरसम्म जरिवानाको सजाय हुन सक्छ।

सरकारतर्फबाट प्रतिनिधित्व गर्दै लिण्डसी ह्यालिगनले भर्जिनियाको पूर्वी जिल्लाको शीर्ष संघीय अभियोजकको जिम्मेवारी सेप्टेम्बरमा सम्हालेकी थिइन्। पद सम्हालेको एक साताभित्रै उनले ग्र्यान्ड ज्युरीमार्फत कोमीमाथि अभियोग दर्ता गराइन्, जबकि अघिल्ला अभियोजकहरूले प्रमाणको अभावमा यो मुद्दा अघि नबढाउने निर्णय गरेका थिए।

जेम्स कोमी सन् २०१३ देखि २०१७ सम्म एफबीआई निर्देशक थिए। ट्रम्पको पहिलो कार्यकालको चार महिनापछि उनलाई बर्खास्त गरिएको थियो। त्यतिबेला कोमी रुसको अमेरिकी चुनावमा हस्तक्षेप र ट्रम्पको अभियानसँगको सम्भावित सम्बन्धबारे अनुसन्धान गरिरहेका थिए।

उनको कार्यकालमा सन् २०१६ को राष्ट्रपति चुनावअघि डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनले निजी इमेल सर्भर प्रयोग गरेको विषयमा अनुसन्धान पुनः खोल्दा ठूलो विवाद भएको थियो। सरकारको दाबी अनुसार कोमीले सन् २०२० सेप्टेम्बरमा सीनेट न्यायिक समितिको सुनुवाइमा क्लिन्टन र रुस अनुसन्धान दुवैबारे झूट बोलेका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com