बाल यौन दुराचार लगायतका अपराधमा दोषी ठहर ७ नेपाली अमेरिकाबाट डिपोर्ट


प्रकाशित मिति : आश्विन २०, २०८२ मंगलबार

ट्रम्पको कार्यकाल सुरु भएपछि जुलाईसम्म डिपोर्ट हुने ७ जना नेपालीहरु यौन दुराचार लगायतमा विभिन्न अपराधमा दोषी ठहर भएकाहरु रहेको खुलासा भएको छ । खसोखासले फ्रिडम अफ इन्फर्मेशन एक्टको प्रयोग गरी आइसबाट प्राप्त गरेको विवरण अनुशार ती ७ जना नेपालीहरु अमेरिकामा यौन आक्रमण र शारीरिक दुर्व्यवहार, डकैती, हतियारको प्रयोग गरी आक्रमण, नाबालिगलाई अश्लील उद्देश्यका लागि च्याटमार्फत प्रलोभन, मादक पदार्थ सेवन गरेर गाडी चलाएको लगायतका अभियोगमा दोषी ठहर भएकाहरु छन् ।

आइसका अनुशार यौन आक्रमण र शारीरिक दुर्व्यवहारमा सन् २०२४ को जुलाई २३ मा दोषी ठहर भएका एकजना ३९ बर्षका नेपालीलाई गत अप्रिल २४ मा अमेरिकाको अध्यागमन अदालतले देशनिकालाको आदेश दिएपछि जुलाई १५ मा न्युयोर्कको जोन अफ केनेडी विमानस्थलबाट नेपाल डिपोर्ट गरिएको थियो । त्यस्तै सन् २०२३ को जुलाई २४ मा यौन अपराधमा दोषी ठहर भएका अर्का ३६ बर्षका नेपालीलाई गत जनवरी १७ मा अदालतले देशनिकालाको आदेश दिएपछि नेवार्क अन्तर्राष्ट्रिय विमानस्थलहुँदै मार्च ६ मा देशनिकाला गरिएको थियो । सन् २०१५ को जुलाई १६ मा अमेरिका आएका उनी मेरिल्याण्ड बस्दै आएका थिए ।

जबरजस्ती घरमा प्रवेश गरेर डकैति गरेको अभियोगमा अर्का २८ बर्षका नेपाली सन् २०२३ को मे महिनामा अदालतबाट दोषी ठहर भएका थिए, यद्यपी अध्यागमन अदालतले उनलाई २०२० मा नै अमेरिकाबाट देशनिकालाको आदेश दिइसकेको थियो । देशनिकालापछि पनि अमेरिकामा नै बसेर डकैतिमा संलग्न उनलाई गत जुन १० मा एरिजोनाबाट नेपाल देशनिकाला गरिएको थियो । हतियारको प्रयोग गरी आक्रमणमा दोषी ठहर भएका अर्का नेपालीलाई अप्रिल २९ मा लोगन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल डिपोर्ट गरिएको थियो । ३४ बर्षीय ती पुरुष २०१४ मा अमेरिका आएका थिए भने २०२३ मा आक्रमणमा दोषी ठहर भएपछि गत फरबरी १३ मा अध्यागमन अदालतले देशनिकालाको आदेश दिएको थियो ।

त्यस्तै नाबालिगलाई अश्लील उद्देश्यका लागि च्याटमार्फत प्रलोभनमा पार्ने एक ३० बर्षका नेपाली पुरुष सन् २०२४ को डिसेम्बर ९ मा अपराधमा दोषी ठहर भएपछि अध्यागमन अदालतले गत मार्च २७ मा देशनिकालाको आदेश दिएको थियो । सन् २०२० को जनवरी १३ मा अमेरिका प्रवेश गरेका उनी टेक्सासमा बस्दै आएका थिए भने गत जुन ३ मा भर्जिनियाबाट नेपाल डिपोर्ट भएका थिए । उनीसँगै मेरिल्याण्ड बस्दै आएका अर्का ३५ बर्षका नेपाली पुरुष पनि अनलाइनमार्फत नाबालिगको यौन शोषणको अभियोगमा सन् २०२४ को नोभेम्बर २४ मा दोषी ठहर भएपछि गत फरबरी १२ मा अध्यागमन अदाललते देशनिकालाको आदेश दिएको थियो । उनलाई आइसले एरिजोनाबाट जुन १० मा देशनिकाला गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै सन् २०२० को जनवरी १६ मा अमेरिका आएका एकजना ३७ बर्षका नेपाली आए लगत्तै मादक पदार्थ सेवन गरेर गाडी चलाएको अभियोगमा सन् २०११ को मार्च २९ मा दोषी ठहर भएका थिए । उनलाई सन् २०१७ को जुलाई १९ मा अध्यागमन अदाललते देशनिकालाको आदेश दिएपनि उनी अमेरिकाभित्रै बस्दै आएका थिए । तर गत फेब्रुअरी ३ मा उनलाई टेक्सासबाट कतार डिपोर्ट गरिएको आइसबाट खसोखासले प्राप्त गरेको रेकर्डमा उल्लेख छ । उनलाई किन नेपाल डिपोर्ट नगरेर कतार डिपोर्ट गरियो भन्नेबारे प्रष्ट छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com