पूर्वप्रमुख कोमीलाई ‘पर्प वाक’ गराउन अस्वीकार गरेपछि एफबीआई एजेन्ट निलम्बित


प्रकाशित मिति : आश्विन १७, २०८२ शनिबार

अमेरिकामा एफबीआईका एक एजेन्टलाई एजेन्सीका पूर्वनिर्देशक जेम्स कोमी लाई “पर्प वाक” गराउन अस्वीकार गरेको आरोपमा निलम्बन गरिएको छ।

पर्प वाक भनेको अपराधमा आरोपित व्यक्तिलाई सार्वजनिक रूपमा मिडिया र क्यामेरासामु प्रहरीले हिँडाएर देखाउने अभ्यास हो। यो अमेरिकी न्यायिक प्रक्रियाको औपचारिक भाग नभए पनि निकै सामान्य प्रचलनमा छ।

ती एजेन्टलाई “आज्ञा उल्लङ्घन” गरेको कारण निलम्बन गरिएको हो। एजेन्टले कोमीलाई सार्वजनिक रूपमा हिँडाएर मिडियासामु देखाउने योजना अनुचित भएको बताएपछि यो कारबाही भएको हो।पूर्वएफबीआई प्रमुख जेम्स कोमीमाथि हालै भर्जिनियामा दुईवटा संघीय आरोप लगाइएको छ।

उनलाई ‘कांग्रेसलाई झूट बोलेको’ र ‘कांग्रेसको काम कारवाहीमा बाधा पुर्याएको’ आरोपमा अभियोग लगाइएको छ। विशेष गरी, कोमीमाथि सन् २०२० मा उनले वर्गीकृत सूचना मिडियामा चुहाएको विषयमा सिनेट समितिलाई झूट बोलेको आरोप छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरू विरुद्ध “अझ आक्रामक” अनुसन्धान गर्न आह्वान गरेपछि कोमीलाई अनुसन्धानको दायरामा पारिएको थियो।

यो मुद्दा पाँच वर्षे कानुनी समयसीमा सकिनु केही दिनअघि मात्र दर्ता गरिएको हो। कोमी एफबीआई प्रमुख रहँदा सन् २०१६ को अमेरिकी चुनावमा रुसको हस्तक्षेपको अनुसन्धान र तत्कालीन विदेशमन्त्री हिलारी क्लिन्टनको निजी इमेल सर्भर प्रयोगको मुद्दामा अनुसन्धान भएको थियो।

एफबीआई नेतृत्वले कोमीलाई भर्जिनियाको अलेक्जान्ड्रिया अदालतमा अक्टोबर ९ मा उपस्थित हुने दिन ‘पर्प वाक’ गराउने योजना बनाएको थियो। कोमीले सबै आपराधिक आरोप अस्वीकार गर्दै “संघीय न्यायिक प्रणालीप्रति पूर्ण विश्वास” रहेको बताएका छन्।

यदि कोमी दोषी ठहरिएमा, उनलाई पाँच वर्षसम्मको जेल सजाय हुन सक्छ। सन् २०१७ मा ट्रम्पले आफ्नो पहिलो कार्यकालको सुरुवातमै एफबीआईले चुनाव हस्तक्षेपको अनुसन्धान गरिरहेको बेला कोमीलाई पदमुक्त गरेका थिए।

त्यसयता ट्रम्प निरन्तर कोमीमाथि राजनीतिक आक्रमण गर्दै आएका छन्। एफबीआईले कोमीलाई एजेन्टहरूमार्फत ल्याउने योजना अघि बढाउने वा नबढाउने भन्ने निर्णय भने अझै स्पष्ट गरेको छैन।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com