महिलालाई भुइँमा धकेलेको भिडियो सार्वजनिक भएपछि अमेरिकामा आइसका अधिकारी निलम्बित


प्रकाशित मिति : आश्विन ९, २०८२ शुक्रबार

महिलालाई धकेलेको भिडियो सार्वजनिक भएपछि न्युयोर्कमा आइसका एक अधिकारी निलम्बित भएका छन्।

अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) ले आप्रवासन तथा सीमा शुल्क प्रवर्तन (आइस) का ती अधिकारीलाई निलम्बन गरेको हो। न्युयोर्कस्थित आप्रवासन अदालतमा एक महिलालाई भुइँमा धकेलेको भिडियो सार्वजनिक भएपछि यो कदम चालिएको हो।

आईसकी सहायक सचिव ट्रिसिया म्याक्लफलिनले भिडियोमा देखिएको आप्रवासन अधिकारीको आचरण अस्वीकार्य रहेको बताएकी छन्। उनले आईसका कानून कार्यान्वयन गर्ने अधिकारीहरूलाई उच्चतम व्यावसायिक मापदण्डमा राखिएको उल्लेख गरेकी छन्।

यो भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। भिडियोमा रुँदै गरेकी महिला आइस अधिकारीतर्फ आउँछिन्। अधिकारीले उनलाई पटक–पटक ‘विदा’ भनेर सम्बोधन गरेपछि उनको हात समातेका छन् र धकेलेका छन्। अन्ततः, उनलाई भुइँमा फ्याँकेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भिडियोमा अधिकारी महिलामाथि उभिएर स्पेनी भाषामा “जाऊ” भन्छन् र नजिकका अन्य अधिकारीलाई उनलाई भवनबाट बाहिर निकाल्न निर्देशन दिन्छन्। सामाजिक सञ्जालमा साझा गरिएको अर्को भिडियोमा महिलालाई अदालतभित्रैबाट बाहिर निकालिएको देखिन्छ।

संघीय एजेन्टहरूले ती महिलाको श्रीमानलाई पक्राउ गर्न खोजिरहेका बेला यो घटना भएको थियो। ती महिला र उनकी छोरी श्रीमान्सँगै रोकिएका थिए। महिलाले पत्रकारलाई आफू इक्वेडरकी भएको बताएकी छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन कडाइ नीतिअन्तर्गत आइसका अधिकारीहरूले संघीय अदालतभित्र प्रवेश गरी सुनुवाइका क्रममा रहेका आप्रवासीलाई पक्राउ गर्ने काम गरिरहेका छन्। केवल न्युयोर्क सिटीका अदालतमै सयौं आप्रवासी पक्राउ परिसकेका छन्।

डेमोक्र्याटिक सांसद ड्यान गोल्डम्यानको निर्वाचन क्षेत्रमै यो अदालत पर्छ। उनले विज्ञप्ति जारी गर्दै ती महिला र उनका दुई सन्तान आक्रमणपछि आफ्नो कार्यालयमा सुरक्षा खोज्दै पुगेका बताएका छन्।

उनले डीएचएसलाई “उचित अनुशासनात्मक कारबाही गर्न र यस्ता घटना फेरि नदोहोरिने उपायहरू लागु गर्न” आग्रह गरेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com