काठमाडौंका सडकमा नेपाली सेना तैनाथ


प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार

नेपाल आर्मीको स्पेशल फोर्सको अर्काइभ फोटो । (अर्याल सुमोड, विकिपिडया)

शान्ति सुरक्षा फर्काउन भन्दै काठमाडौंका सडकमा नेपाली सेना तैनाथ गरिएको छ ।  नेपाली सेनाले  लुटपाट, आगजनी र तोडफोड नगर्न नगराउन अपिल गर्दै यस्ता कार्य नरोके राति १० बजेदेखि नेपाल सेनासहित अन्य सुरक्षा निकाय तैनाथ रहने बताएलगत्तै सेना तैनाथ गरिएको हो ।

नेपाली सेनाले सूचनामार्फत भनेको थियो , “हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरुले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुऱ्याउने, लुटपाट एवम् आगजनी गर्ने कार्य भइरहेको हुँदा यस किसिमका गतिविधिहरु नगर्न नगराउन नेपाली सेना पुनः आग्रह गर्दछ ।”

“यस किसिमका गतिविधिहरु नरोकिएको खण्डमा नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरु आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न मिति २०८२ भाद्र २४ गते रातीको १० बजेबाट दृढ रहने प्रतिबद्धता जानकारी गराउँदछौं । सम्पूर्ण राष्ट्रबासीलाई सहयोगको लागि हार्दिक अपिल समेत गर्दछौं,”  सूचनामा भनिएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com