जर्जियामा हुन्डाईको इभी ब्याट्री कारखानामा ‘आइस’को छापा


प्रकाशित मिति : भाद्र १८, २०८२ बिहीबार

आइस अधिकारी । फाइल तस्वीर । स्रोत : अमेरिकी इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट

अमेरिकी आप्रवासन अधिकारीहरूले छापा मार्ने क्रमलाई निरन्तरता दिएका छन्। यसै क्रममा उनीहरूले दक्षिणपूर्वी जर्जियामा रहेको हुन्डाईको विद्युतीय सवारीसाधन निर्माण स्थलमा छापा मारेका हुन्।

आप्रवासन अधिकारीहरूको छापापछि, त्यहाँ नजिकै निर्माणाधीन ब्याट्री कारखानाको काम तत्काल रोकिएको छ। यो कारबाही जर्जियाको इतिहासकै सबैभन्दा ठूलो लगानीको उद्योग स्थलमध्ये एकमा केन्द्रित भएको हो।

हुन्डाई मोटर ग्रुपले करिब ७.६ बिलियन डलरको लागतमा एक वर्षअघि इभी उत्पादन सुरु गरेको थियो । जसमा करिब १,२०० कर्मचारी कार्यरत छन्।

अमेरिकी आप्रवासन तथा सीमा सुरक्षा निकाय (आइस) का प्रवक्ताले सभारना नजिकै रहेको करिब ३,००० एकड क्षेत्रफलमा फैलिएको स्थलमा सङ्घीय अधिकारीहरूले कारबाही गरिरहेको पुष्टि गरेका छन्। उनका अनुसार, छापा मुख्यतयाः ब्याट्री प्लान्ट निर्माण स्थलमा केन्द्रित थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले एजेन्टहरूले “अवैध रोजगारीसम्बन्धी गतिविधि र अन्य गम्भीर सङ्घीय अपराध” सँग सम्बन्धित आपराधिक अनुसन्धानका क्रममा खोज तथा पक्राउको निर्देशन कार्यान्वयन गरेको बताएको छ। छापामा कति जना पक्राउ परे, त्यसको सङ्ख्या भने दिइएको छैन।

छापा मार्ने क्रममा जर्जिया स्टेट पेट्रोलका सुरक्षाकर्मीहरूले हुन्डाई स्थल जाने सडक अवरुद्ध गरेका थिए। राज्यको सार्वजनिक सुरक्षा विभागले सङ्घीय निकायलाई सहयोग गर्न उनीहरूलाई खटाइएको पुष्टि गरेको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सामूहिक निष्कासन नीति अन्तर्गत छापा मार्ने कार्यलाई प्राथमिकता दिँदै आएको छ। यस अन्तर्गत खेतीबारी, निर्माण स्थल, रेस्टुरेन्ट र गाडी मर्मत केन्द्रहरूमा समेत आप्रवासन अधिकारीहरूले छापा मारिरहेका छन्।

प्यू रिसर्च सेन्टरले गरेको अध्ययनले जनवरीदेखि जुलाईसम्म अमेरिकाको श्रमबजारमा करिब १२ लाखभन्दा बढी आप्रवासी घटेको जनाएको छ। यसमा कागजातविहीन र कानुनी रूपमा बसोबास गर्ने दुवै खालका आप्रवासी समावेश छन्।

ब्रायन काउन्टीमा इन्टरस्टेट १६ नजिक रहेको सोही स्थानमा हुन्डाईले विद्युतीय सवारी उत्पादनका अतिरिक्त एलजी इनर्जी सोलुसनसँग साझेदारी गरी ब्याट्री प्लान्ट पनि बनाउँदै छ। यो प्लान्ट अर्को वर्ष सञ्चालनमा आउने लक्ष्य राखिएको छ।

संयुक्त लगानी कम्पनीले विज्ञप्ति जारी गर्दै निर्माण कार्य अस्थायी रूपमा रोकिएको जनाएको छ। यद्यपि, हुन्डाईको विद्युतीय सवारी उत्पादनमा भने कुनै प्रभाव परेको छैन।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com