कोभिड खोप नलगाएका सैनिकलाई पुनः भर्ना गर्ने प्रक्रियामा ढिलाइ: ट्रम्प प्रशासनको आलोचना


प्रकाशित मिति : भाद्र १६, २०८२ मंगलबार

अमेरिकामा कोभिड-१९ खोप लगाउन नमानेका कारण बर्खास्त गरिएका सैनिकहरूलाई सेनामा फर्काउने प्रक्रियामा ढिलाइ भएको भन्दै ट्रम्प प्रशासनको आलोचना भएको छ।

पूर्वसैनिक र उनीहरूका परिवारले यो प्रक्रिया धेरै सुस्त रहेको र फर्काउने मापदण्ड पनि निकै साँघुरो रहेको आरोप लगाएका छन्। यी सैनिकहरूलाई बाइडेन प्रशासनको समयमा खोप अनिवार्य हुँदा बर्खास्त गरिएको थियो।

सामाजिक सञ्जालमा यो असन्तुष्टि बढिरहेको छ र यसले ट्रम्प प्रशासनअन्तर्गत पेन्टागनका अधिकारीहरूसँग चर्को बहस सिर्जना गरेको छ। आलोचकहरूले खोप अनिवार्य गराउने कमान्डरहरूलाई कारबाही नगरिएकोमा पनि आपत्ति जनाएका छन्। पेन्टागनका वरिष्ठ अधिकारीहरूले भने ती कमान्डरहरूलाई जेल नहालिने बताएका छन्।

पेन्टागनले स्वेच्छाले वा बाध्यताले सेवा छोडेका १० जनासँग छलफल गर्ने बताएको छ। यस बैठकमा रक्षामन्त्री पिट हेगसेथ पनि सहभागी हुनेछन् । पेन्टागनका प्रवक्ता शॉन पर्नेलले खोप अस्वीकार गरेका कारण हटाइएकाहरूलाई पुनः स्वागत गर्न तयार रहेको र प्रक्रियालाई छिटो बनाउन उनीहरूसँग प्रत्यक्ष प्रतिक्रिया लिइरहेको दाबी गरेका छन्। उनका अनुसार, नयाँ दिशानिर्देशनले फर्किन चाहनेहरूलाई तैनाथीको स्थान रोज्ने अवसर दिन सक्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पेन्टागनले गत जुनमा दिएको जानकारीअनुसार, मे महिनासम्ममा ८ हजारभन्दा बढीमध्ये जम्मा १३ जना मात्र सेनामा फर्किएका छन्। २०२१ मा खोप अनिवार्य गरिएकोमा २०२३ मा कंग्रेसको आदेशपछि यो नियम खारेज गरिएको थियो।

राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार सम्हालेको एक साताभित्रै कार्यकारी आदेश जारी गर्दै सेवाबाट हटाइएका सबै सक्रिय र रिजर्भ सैनिक सदस्यहरूलाई फिर्ता बोलाउन र उनीहरूको पूर्वपद पुनर्स्थापित गर्न निर्देशन दिएका थिए। तर, व्यवहारमा यो आदेशअनुसारको प्रक्रिया निकै जटिल र ढिलो भएकोले सैनिक र परिवारजनमा असन्तोष बढेको छ।

मुख्यतः यो असन्तुष्टि पुनःस्थापना प्रक्रियाको जटिलता र यसको बुझाइको अभावका कारण देखिएको हो। यदि फर्काइएका सैनिकलाई उचित पद, पदोन्नति वा नियुक्ति दिन सकिएन भने उनीहरू पछाडि पर्न सक्छन्।

ट्रम्प प्रशासनले बाइडेन प्रशासनका धेरै निर्णयहरू उल्ट्याइरहेको छ र यही क्रममा खोपका कारण बर्खास्तमा परेका सैनिकहरूलाई पुनर्स्थापित गर्न लागिपरेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com