अमेरिकाद्वारा ५ बिलियन डलर बराबरको वैदेशिक सहायता कटौती गर्ने घोषणा


प्रकाशित मिति : भाद्र १३, २०८२ शनिबार

ट्रम्प प्रशासनले अमेरिकाको ५ बिलियन डलर बराबरको वैदेशिक सहायता कटौती गर्ने घोषणा गरेको छ। यस वर्ष कांग्रेसले पहिले नै विनियोजन गरिसकेको यो बजेटलाई कटौती गर्ने घोषणा गरिएको हो।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आर्थिक वर्षको अन्त्यतिर पुग्दा कांग्रेसले समयमै निर्णय गर्न नसके स्वीकृत रकम कटौती गर्न मिल्ने व्यवस्था गर्न खोजेका हुन्। झन्डै ५० वर्षयता यस्तो उपाय प्रयोग भएको थिएन।

ट्रम्पको यस कदमअन्तर्गत युएसएआईडीका लागि छुट्याइएको करिब ३ बिलियन डलर, विदेश मन्त्रालयको ९०० मिलियन डलर, शान्ति स्थापना कार्यका लागि विनियोजन गरिएको ८०० मिलियन डलर, तथा अन्य देशमा लोकतान्त्रिक मूल्य प्रोत्साहन गर्नका लागि विनियोजन गरिएको ३०० मिलियन डलरभन्दा बढी रकम कटौती भएको छ।

ट्रम्प प्रशासनले अमेरिकाको आर्थिक अवस्था बलियो बनाउन जागिरे, राजनीतिक हतियार बनाइएका र अनावश्यक खर्च कटौती गर्नुपर्ने बताउँदै आएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले ‘इम्पाउन्डमेन्ट कन्ट्रोल एक्ट’ अन्तर्गत ‘पकेट रिसिजन’ प्रयोग गरेका हुन्। यस कानुनले राष्ट्रपतिलाई कांग्रेसले स्वीकृत गरेको रकम कटौती गर्न सिफारिस गर्न अधिकार दिन्छ। सामान्यतया, कांग्रेसले ४५ दिनभित्र रकम कटौती गर्ने वा जस्ताको तस्तै राख्ने निर्णय गर्नुपर्छ।

तर, आर्थिक वर्ष सेप्टेम्बर ३० मा सकिन लाग्दा यो अनुरोध गरिएकाले रकम खर्च नहुने सम्भावना बढेको छ।

यस उपायमाथि कानुनी विशेषज्ञहरूले प्रश्न उठाएका छन्। अमेरिकी ‘गभर्नमेन्ट एकाउन्टेबिलिटी अफिस’ले यो विधि कांग्रेसको “खर्च स्वीकृति गर्ने अधिकार” को उल्लङ्घन भएको दाबी गरेको छ।

अघिल्लो पटक सन् १९७७ मा राष्ट्रपति जिमी कार्टरले ‘पकेट रिसिजन’ प्रयोग गरेका थिए।

ट्रम्प पुनः सत्तामा फर्किएदेखि उनले विदेशी सहायता उल्लेखनीय रूपमा घटाएका छन्। उनले अमेरिकी मुख्य वैदेशिक सहायता संस्था युएसएआईडीलाई बन्दजस्तै गराएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com