राष्ट्रपति ट्रम्पले भने : वाशिंगटन डीसीको हत्यामा संलग्नलाई ‘मृत्युदण्ड’ दिनुपर्छ


प्रकाशित मिति : भाद्र ९, २०८२ मंगलबार

फोटो : रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिंगटन डीसीमा हत्या गर्ने आरोपितहरूविरुद्ध मृत्युदण्डको सजाय हुनुपर्ने बताएका छन्। ह्वाइट हाउसमा मन्त्रीपरिषद् बैठकका क्रममा बोल्दै ट्रम्पले मृत्युदण्डलाई “पूर्वनिरोधात्मक” उपायका रूपमा वर्णन गरे।

शहरमा बढ्दो अपराध नियन्त्रणका लागि सयौं नेशनल गार्ड र संघीय सुरक्षाकर्मी तैनाथ गरिएको छ। ट्रम्पले यसअघि नै वाशिंगटनलाई “पूर्ण र सम्पूर्ण अराजक” शहर भनेका थिए। उनले यो रणनीति शिकागो र अन्य शहरमा पनि दोहोऱ्याउन सक्ने सङ्केत दिएका छन्।

तर वाशिंगटनकी मेयर म्युरियल बाउजरले राष्ट्रपति ट्रम्पका दाबी अस्वीकार गरेकी छिन्। उनको भनाइमा २०२३ मा अपराध दर चुलिए पनि अहिले घटेको छ।

“यदि कसैले राजधानी वाशिंगटन डीसीमा कसैलाई मारे भने हामी मृत्युदण्डको सजाय खोज्नेछौं,” ट्रम्पले मन्त्रीहरू र पत्रकारलाई भने। “यो एकदमै बलियो रोकथाम हो।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वाशिंगटन डीसीमा अधिकांश हत्यामा स्थानीय कानुनअनुसार कारबाही हुन्छ। तर केही संघीय कानुनअन्तर्गत अभियोजन भए मात्र मृत्युदण्डको बाटो खुल्छ। त्यसो भए पनि जुरीले सहमति दिनुपर्ने हुन्छ, जुन मृत्युदण्डविरुद्ध बहुमत रहेका शहरमा ठूलो चुनौती बन्न सक्छ। ट्रम्पले यसलाई कार्यान्वयन गर्ने विस्तृत योजना भने प्रस्तुत गरेनन्।

ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो दिन कार्यकारी आदेशमार्फत संघीय मृत्युदण्ड पुनः लागू गरेका थिए। उनका पूर्ववर्ती जो बाइडेनको समयमा न्याय मन्त्रालयले संघीय स्तरमा मृत्युदण्डमाथि रोक लगाएको थियो।

जनवरीमा हस्ताक्षर गरिएको उनको आदेशमा मृत्युदण्डलाई “अत्यन्त जघन्य अपराध र हिंसात्मक कार्यलाई रोक्न र सजाय दिन आवश्यक उपकरण” भनिएको छ।

अमेरिकामा अधिकांश मृत्युदण्ड राज्यस्तरमा कार्यान्वयन हुन्छ। हाल २७ राज्य, सेना र संघीय सरकारले मृत्युदण्डलाई कानुनी विकल्पका रूपमा राखेका छन्। तर वाशिंगटन डीसीमा मृत्युदण्ड सन् १९७२ मा सर्वोच्च अदालतले खारेज गरेको थियो र सन् १९८१ मा सिटी काउन्सिलले पूर्ण रूपमा यसलाई हटाएको हो।

२००२ मा रिपब्लिकन नियन्त्रित कङ्ग्रेसले स्थानीय मतपत्रमा मृत्युदण्डसम्बन्धी जनमत सङ्ग्रह राख्दा डीसीका नागरिकहरूले भारी मतले यसको विरोध गरेका थिए।

ट्रम्पले हालसम्म दोस्रो कार्यकालमा कुनै संघीय मृत्युदण्ड कार्यान्वयन गरेका छैनन्। तर पहिलो कार्यकालको अन्त्यतिर २०२० को अन्त्य र २०२१ को जनवरीसम्म लगातार १३ जनाको मृत्युदण्ड कार्यान्वयन गरिएको थियो। यसरी उनी सय वर्षभन्दा लामो अवधिमा सर्वाधिक मृत्युदण्ड दिने अमेरिकी राष्ट्रपति बनेका थिए।

उनले १३३ वर्ष पुरानो राष्ट्रपतीय सङ्क्रमण अवधिमा मृत्युदण्ड स्थगित गर्ने परम्परा पनि तोडेका थिए। अन्तिम मृत्युदण्ड जनवरी २०२१ मा, पदत्याग गर्नु पाँच दिनअघि, भएको थियो।

राष्ट्रपतिको भनाइ संघीय हस्तक्षेप बढिरहेका बेला आएको हो। हाल वाशिंगटन डीसीमा करिब ८०० नेशनल गार्ड र सयौं संघीय अधिकारी अपराध तथा घरबारविहीन समस्या नियन्त्रणका लागि तैनाथ छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com