पशुपतिनाथमा एनआरएनहरुको भींड (फोटो फिचर)


प्रकाशित मिति : आश्विन २५, २०७४ बुधबार

तस्विर : बिक्रम खत्री

गैरआवासीय नेपालीहरुले आज स्वयम्भूनाथ र पशुपतिनाथमा विशेष पूजाआजाका साथ एनआरएन डे मनाएका हुन् । गैरआवासीय नेपाली संघले हरेक वर्ष अक्टोबर ११ लाई गैरआवसीय नेपाली दिवस (एनआरएन डे) का रुपमा मनाउँदै आएको छ । नेपाल सरकारले नै अक्टोबर ११ लाई गैरआवासीय नेपाली दिवस (एनआरएन डे) घोषणा गरेपछि हरेक वर्ष अक्टोबर ११ का दिन यो दिवस मनाउने गरिएको हो ।

गैरआवासीय नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) सन् २००३ मा स्थापना भएको थियो । गैरअवासीय नेपाली संघका अभियन्ता उपेन्द्र महतो, जीवा लामिछाने, भीम उदास, राम थापालगायतले सुरुमा ‘जन्मभूमिका लागि केही गरौं’ भन्ने उद्देश्यसहित यो अभियान सुरु गरेका थिए । यो अभियान सुरु भएको १४ बर्ष पूरा भएको छ । एनआरएनए चौध बर्ष पुरा गरी पन्ध्रौं बर्षमा प्रवेश गरेको अवसरमा पशुपतिमा आयोजित विशेष पूजाआजामा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो, संस्थापक तथा पूर्व अध्यक्ष जीवा लामिछाने, वर्तमान अध्यक्ष शेष घले लगायत एनआरएनका अभियन्ताहरु उपस्थीत थिए ।

झण्डै डेढ दशकको अवधिमा गैरआवासीय नेपाली अभियानले व्यापकता पाइसकेको छ भने यसको दायरा पनि विस्तार भएको छ । एनआरएनले नेपाल सरकारबाट बैधानिकता समेत पाइसकेको छ । यस्तै गैरआवासीय नेपालीहरुलाई एनआरएन नागरिकताको व्यवस्थापनि संविधानमार्फत भइसकेको छ । अब ऐन बन्न बाँकी छ । यस अवधिसम्म गैरआवासीय नेपालीहरुले पनि नेपालमा अर्बौको लगानी गरिसकेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एनआरएन अभियान ७७ देशमा विस्तार भइसकेको छ । बढ्दो संजालका कारण एकअर्काले सहयोग पाइरहेका छन् । सामाजिक सेवा अन्तर्गत भूकम्पपीडितलाई सहयोग, बाढीपीडितलाई सहयोग, विभिन्न स्थानमा अस्पताल निर्माण तथा बैदेशिक रोजगारीमा गएकाहरुलाई लक्षित गरी बैदेशिक रोजगार कोषको स्थापना जस्ता कार्य एनआरएनको प्रशंसा पनि भइरहेको छ । तर आफ्नो लगानी र सीप लगाउने ठूलो वाचा गर्ने तर सोहीअनुसार कार्य नगर्ने परिपाटीका कारण नेपाली समाजमा एनआरएनको छवि धमिलै छ भने एनआरएनले सोचे अनुरुपको लगानी भने भित्राउन सकेको छैन ।

त्यस्तै एनआरएनए संस्थामा भित्रिएको नेपालको दलगत राजनीतिलाई एनआरएनलाई बिकृत बनाउदै लगेको छ भने समस्याका रुपमा विकाश भएको छ । एनआरएनएमा भित्रिएको नेपालको दलगत राजनीतिले नेपालीहरुलाई विभाजित बनाउदै लगेको छ भने एनआरएनको गरिमा समेत घटाउदै लगेको छ । नेपालको राजनीतिक अवस्थामा सुधार आइसकेको र राजनीतिक अधिकार बाहेकको नागरिकताको व्यवस्था संविधानमा भइसकेको अवस्थामा अब एनआरएनले नेपाललाई दिने बेला आएको छ । मुलुकको आर्थिक समृद्धिको एजेण्डा र लक्ष्यसहित स्थापना भएको एनआरएनले अब आर्थिक समृद्धिको दिशामा नै योजनाहरु बनाउन आवश्यक छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com