अमेरिकासँग हतियार भण्डारण घटेकै हो त ? अधिकारीहरु यसो भन्छन


प्रकाशित मिति : श्रावण १२, २०८२ सोमबार

अमेरिकाले गत जुन महिनामा भएको १२ दिने इजरायल–इरान युद्धका क्रममा थाड (टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स) प्रणालीका करिब १०० देखि १५० इंटरसेप्टर मिसाइल प्रयोग गरेको पुष्टि भएको छ ।

यो अमेरिकी उच्चस्तरीय क्षेप्यास्त्र रक्षा प्रणालीको लगभग २५ प्रतिशत स्टक हो। अमेरिका सँग रहेका ७ वटा (थाड) प्रणालीमध्ये २ वटा इजरायलमा तैनाथ गरिएको थियो।

गत वर्ष अमेरिकाले जम्मा ११ वटा नयाँ (थाड) इंटरसेप्टर उत्पादन गरेको थियो । चालू आर्थिक वर्षमा पनि १२ थान मात्र आउने अपेक्षा गरिएको छ।

तर युद्धमा व्यापक प्रयोगले अमेरिकी सुरक्षालाई मात्र नभई औद्योगिक उत्पादन क्षमतामाथि पनि प्रश्न उठाएको विश्लेषकहरू बताउँछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पूर्व अमेरिकी रक्षा अधिकारीहरू र मिसाइल विज्ञहरूले (थाड) जस्तो मूल्यवान् प्रणालीको यति धेरै प्रयोगसँगै वैश्विक सुरक्षा रणनीति र आपूर्ति पुनःस्थापनाको गतिमा गम्भीर चिन्ता व्यक्त गरेका छन्।

९थाड० को प्रति यूनिट लागत लगभग १२.७ मिलियन डलर छ । यसलाई लकहिड मार्टिनले उत्पादन गर्छ।

(थाड) भण्डारण र प्रयोगबारे पत्रकारले सोध्दा, पेन्टागनका प्रवक्ता किङ्सली विल्सनले भने “अमेरिकी सेना अहिले इतिहासकै सबैभन्दा सशक्त अवस्थामा छ र कुनै पनि ठाउँमा कुनै पनि मिशनको लागि तयार छ।”

उनले इरानको आणविक पूर्वाधारमाथि गरिएको “अपरेसन मिडनाइट ह्यामर” लाई उदाहरण दिँदै थपे कि अमेरिकाले आवश्यक परेमा “सामर्थ्यको चरम प्रयोग गर्न सक्छ।”

बौद्धिक विश्लेषण अनुसार, अमेरिकी आक्रमणले इरानको आणविक कार्यक्रम केवल केही महिना पछाडि धकेलेको छ । पूर्णरूपमा ध्वस्त पार्न सकेको छैन।

२०२६ को रक्षा बजेट अनुसार अमेरिका अब ३७ वटा नयाँ (थाड) इंटरसेप्टर खरिद गर्ने योजनामा छ । राष्ट्रपति ट्रम्पको “बिग, ब्यूटिफुल बिल” बाट बजेट विस्तार यसैका लागि गरिएको छ ।

१२ दिनको युद्धले अमेरिकी र इजरायली मिसाइल रक्षा प्रणालीलाई कडा परीक्षणमा पारेको छ । “यो युद्ध पहिलोपटक (थाड) इंटरसेप्टरको ठूलो मात्रामा प्रयोग भएको संघर्ष हो।”

अब अमेरिका र इजरायल दुवैको लागि तत्काल स्टकपाइल पुनःभरण र उत्पादन दर वृद्धि अनिवार्य देखिन्छ । अन्यथा भविष्यका संघर्षहरूमा उनीहरूको रक्षा प्रणाली कमजोर हुन सक्नेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com