अमेरिकाको लुजियानामा भएको दुर्घटनामा २ नेपाली विद्यार्थीको मृत्यु, २ जना घाइते


प्रकाशित मिति : असार ३१, २०८२ मंगलबार

दुर्घटनाग्रस्त कारको तस्वीर एआईबाट जेनेरेट गरिएको हो ।

लुजियानाको राजमार्गमा भएको दुर्घटनामा २ जना नेपाली विद्यार्थीहरुको मृत्यु भएको छ । मृतकमा २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओली रहेको प्रहरीले पुष्टी गरेको छ । अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा लुजियाना टेक युनिभर्सिटीमा अध्ययनरत उनीहरु चढेको गाडी युएस हाइवे ८० मा दुर्घटनाग्रस्त भएको थियो।

आइतबार राति ९ बजे भएको दुघर्टनाको समयमा उक्त क्षेत्रमा भारी वर्षा भइरहेको थियो। यादवले गाडी साधन चलाइरहेका थिए भने गाडी सडकको दायाँतिरबाट बाहिर निस्किएको थियो।

गाडी रूखमा ठोक्किपछि आगोको ज्वाला फैलिएको थियो । लुजियाना टेकले दुई नेपाली विद्यार्थीको मृत्युबारे प्रतिक्रिया दिदै घटनामा अरु २ जना विद्यार्थीहरु पनि गम्भिर घाइते भएको जनाएको छ । दुर्घटना पछि घाइतेहरुलाई अस्पताल लगिएको थियो।

दुर्घटनामा दुई अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई दुःखद रूपमा गुमाएको उल्लेख गर्दै युनिभर्सिटीले विद्यार्थीहरूको मृत्युले सम्पूर्ण लुजियाना टेक परिवार दुखी भएको जनाएको छ। दुःखद घटनाको भार सबैले महसुस गरेको उल्लेख गर्दै विद्यार्थीहरूका प्रियजनहरूप्रति समवेदना व्यक्त गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विद्यार्थीहरूलाई सहयोग गर्न परामर्श सेवाहरू उपलब्ध रहेको र अन्तर्राष्ट्रिय मामिला कार्यालयले स्मृतिमा कार्यक्रम आयोजना गर्ने योजना बनाइरहेको युनिभर्सिटीले जनाएको छ । अधिकारीहरूले मानिसहरूलाई खराब मौसममा सावधानीपूर्वक गाडी चलाउन आग्रह गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com