पाकिस्तानमा मनसुनको प्रकोप : १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी


प्रकाशित मिति : असार ३०, २०८२ सोमबार

पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म १११ जनाको मृत्यु भईसकेको छ, जसमा ५३ बालबालिका पनि छन् । यो तथ्य सरकारी राष्ट्रिय प्रकोप व्यवस्थापन विभागले सोमबार सार्वजनिक गरेको छ ।

सबैभन्दा धेरै मृत्यु जनसंख्या अधिक रहेको पंजाब प्रान्तमा भएका छन् । राष्ट्रिय मौसम विभागले देशका उत्तरी र पूर्वी क्षेत्रहरूमा अझै भारी वर्षाको चेतावनी जारी गरेको छ । यसले शहरी बाढी, पहिरो र हावाहुरीबाट संरचनागत क्षति हुने सम्भावना छ ।

मनसुनले दक्षिण एसियामा वार्षिक वर्षाको ७० देखि ८० प्रतिशत भाग पु¥याउँछ । यो वर्षा भारतमा जून सुरुमा र पाकिस्तानमा जून अन्त्यतिर सुरु भएर सेप्टेम्बरसम्म रहन्छ । यसले कृषकहरूको जीवन र खाद्यान्न सुरक्षाका लागि महत्वपूर्ण भूमिका खेल्दछ ।

तर, यसले बाढी, पहिरो र भवन भत्काउने घटनाहरू पनि निम्त्याउँछ । विश्व तात्दै गएसँगै मनसुनको स्वरूपमा परिवर्तन हुँदैछ तर यसको प्रभाव कति छ भन्नेमा वैज्ञानिकहरू अझै अनिश्चित छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पाकिस्तान जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित देशहरूमध्ये एक हो । सन् २०२२ मा पाकिस्तानमा आएको भयानक मनसुन बाढीले देशको तीन भाग डुबायो र एक हजार ७०० भन्दा बढी जनाको मृत्यु भयो। केही क्षेत्रहरू अझै पुनर्निर्माणको बाटोमा छन् ।

यस वर्ष मे महिनामा आएको कडा हावाहुरी र ओलाले कम्तीमा ३२ जनाको ज्यान गएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com