नेपालको पहिचान हिन्दू राष्ट्र – अध्यक्ष थापा


प्रकाशित मिति : आश्विन २१, २०७४ शनिबार

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालको पहिचान हिन्दू राष्ट्र भएकाले आफ्नो पार्टीले त्यसलाई स्थापित गर्न माग गरेको बताउनुभएको छ ।

नेपाल सनातान धर्म संस्कृति संगठनको यहाँ आज उद्घाटन गर्दै अध्यक्ष थापाले तत्कालीन समयमा संविधान जारी गर्दा हिन्दू राष्ट्रको पक्षमा आवश्यक संख्या पु¥याउन नसकिएकाले संविधानमा त्यसलाई समेट्न नसकिएको बताउनुभयो ।

संविधान जारी हुनुअघि मतदान गर्दा आफ्नो दलको २५ सांसद मात्र हिन्दू राष्ट्रको पक्षमा रहेको बताउँदै उहाँले भन्नुभयो, “नेपाल हिजो पनि हिन्दू राष्ट्रका रुपमा थियो, आज पनि छ, भोलि पनि रहिरहनेछ ।”

नेपाली समाजमा देखिएको सामाजिक सद्भाव तथा राष्ट्र र परिवारबीचको सम्बन्ध सनातन मान्यताका आधारमा कायम रहँदै आएको उहाँको भनाइ थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अध्यक्ष थापाले आफ्नो पार्टीले लिएको सर्वधर्म समभावसहितको हिन्दू राष्ट्रको वैचारिक दृष्टिकोणसँग निकट रहेका अन्य दलसँग सहकार्य र एकतासमेत हुनसक्ने बताउनुभयो ।

नेपाली बाबाले नेपाल विश्वमा एकमात्र हिन्दू राष्ट्रको रुपमा रहेको बताउनुभयो ।

गुरु पद्माचार्य, बिन्दवासिनी आध्यात्मिक संघका अध्यक्ष केशव चौलागाईं, हिन्दू जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्याय, नेपाल सनातान धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुषलगायतले धार्मिक क्षेत्रमा राजनीतिक चेतना अभिवृद्धि गरी नेपाललाई धर्मसापेक्ष सनातन हिन्दू राष्ट्र बनाउनुपर्नेमा जोड दिनुभयो ।

रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com