राज्यमा छिर्ने कागजातविहीनलाई जेल हाल्ने फ्लोरिडाको कानुनमा सर्वोच्चद्वारा रोक


प्रकाशित मिति : असार २५, २०८२ बुधबार

फोटो: डीबीकिंग/सीसी बाइ २.० इजाजतपत्र अन्तर्गत।

सर्वोच्च अदालतले बुधबार फ्लोरिडाका अधिकारीहरूलाई कागजातविहीन आप्रवासीहरू राज्यमा प्रवेश गरेमा उनीहरूलाई कडा आपराधिक सजाय दिने राज्यको कानुन लागू गर्नमा रोक लगाएको छ। राज्यहरूले गैरकानुनी आप्रवासलाई कसरी नियमन गर्न सक्छन् भन्ने प्रश्न उठाएको यो मुद्दा आप्रवासीहरूका लागि वकालत गर्ने समूहहरूले दायर गरेका थिए।

फ्लोरिडाका रिपब्लिकन गभर्नर रोन डेसान्टिसले फेब्रुअरीमा हस्ताक्षर गरेको यो कानुनले संघीय सरकारको आप्रवासन प्रवर्तनको शक्तिलाई गैरकानुनी रूपमा उल्लङ्घन गर्ने दाबीसहित मुद्दा दायर गरिएको थियो। पछिल्ला वर्षहरूमा, टेक्सास, ओक्लाहोमा र आयोवा लगायत कम्तीमा सात राज्यहरूले गैरकानुनी सीमा पार र लागूऔषध तथा मानव तस्करीको चिन्तालाई सम्बोधन गर्न यस्तै कानुनहरू पारित गरेका छन्। तीमध्ये फ्लोरिडाको कानुनसहित चार कानुनहरू लागू हुनमा अदालतहरूले रोक लगाएका छन्। अन्य कानुनहरू अझै लागू भएका छैनन्।

सर्वोच्च अदालतको संक्षिप्त आदेशले फ्लोरिडालाई यो कानुन प्रयोग गर्न रोक लगाउँछ, यद्यपि तल्लो अदालतहरूमा यो संवैधानिक छ कि छैन भन्ने मुद्दाको सुनुवाइ जारी छ। फ्लोरिडाका रिपब्लिकन नेताहरू ट्रम्प प्रशासनको कानुनी र गैरकानुनी आप्रवासलाई सीमित गर्ने आक्रामक योजनाहरूमा सामेल हुन उत्सुक भइरहेका बेला सर्वोच्चको यो रोक आएको हो।

अप्रिलमा राज्यका कानुन प्रवर्तन अधिकारीहरूले एक हप्ताभित्र ११ सयभन्दा बढी आप्रवासीहरूलाई पक्राउ गर्न संघीय एजेन्टहरूलाई सहयोग गरेका थिए। जुन महिनामा राज्यले एलिगेटर अल्काट्राज नामक अस्थायी हिरासत केन्द्र निर्माण गरेको छ, जसमा ३,००० गैरकानुनी आप्रवासीहरूलाई राख्न सकिन्छ। मेमा जारी गरिएको राज्य योजनाले १० हजार आप्रवासी हिरासतमा राख्ने क्षमतासहित थप धेरै राज्य हिरासत केन्द्रहरूको परिकल्पना गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी जिल्ला न्यायाधीश क्याथलिन एम विलियम्सले अप्रिलमा फ्लोरिडाको कानुन कार्यान्वयन रोकेकी थिइन्। उक्त कानुनले आप्रवासन अधिकारीहरूको जाँच वा निरीक्षणबाट बचेर अमेरिकामा प्रवेश गरेपछि फ्लोरिडा राज्यमा आउनुलाई राज्य अपराध ठहर गर्ने तथा अनिवार्य न्यूनतम जेल सजायको व्यवस्था गरेको थियो। न्यायाधीशले यो कानुनले अमेरिकी संविधानका प्रावधानहरू उल्लङ्घन गर्दै आप्रवासनमाथिको संघीय अधिकारमा हस्तक्षेप गर्ने उल्लेख गरेकी थिइन्।

पुनरावेदन अदालतले पनि उनको आदेश सदर गरेको थियो। गैरकानुनी आप्रवासनले यो कानुन लागू नहुँदा राज्यमा विनाश मच्चाइरहेको भन्दै राज्यका तर्फबाट अदालतमा पुनरावेदन गरिएको थियो। फ्लोरिडाको फार्मवर्कर एसोसिएसन र फ्लोरिडा इमिग्रान्ट कोएलिशन नामक दुई गैरनाफामूलक संस्थाहरू तथा दुई व्यक्तिहरूले यो कानुनको कार्यान्वयन रोक्न मुद्दा दायर गरेका थिए।

अप्रिलमा एक अमेरिकी नागरिकलाई यो कानुनअन्तर्गत २४ घण्टाभन्दा बढी पक्राउ र हिरासतमा राखिएको थियो। गत वर्ष सर्वोच्च अदालतको रूढिवादी बहुमतले टेक्सासको यस्तै कानुनलाई भने मुद्दा चलिरहेको अवधिभर लागू गर्न अनुमति दिएको थियो। तर पुनरावेदन अदालतले तुरुन्तै कानुन कार्यान्वयन रोकेको थियो। २०२४ मा पनि विभाजित सर्वोच्च अदालतले बाइडेन प्रशासनलाई टेक्सासले अमेरिका–मेक्सिको सीमामा राखेको रेजर तार हटाउन अनुमति दिएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com