अमेरिका स्वतन्त्रताको २५० बर्षमा प्रवेश, ह्याप्पी बर्थडे अमेरिका !


प्रकाशित मिति : असार २०, २०८२ शुक्रबार

फोटो: हाइस्मिथ, क्यारोल एम/ लाइब्रेरी अफ काँग्रेसबाट

आज फोर्थ जुलाई । आजदेखि अमेरिका स्वतन्त्रताको २५० बर्षमा प्रवेश गरेको छ ।  २४९   बर्ष अगाडि ब्रिटिस साम्राज्यको भागको रुपमा नरहेको भन्दै छुट्टै देशका रुपमा संयुक्त राज्य अमेरिकाको घोषणा गरिएको थियो ।

सन् १७७६ मा अमेरिकी संसदले स्वतन्त्रताको घोषणापत्र स्वीकार गरेको थियो भने संयुक्त राज्य अमेरिकाको घोषणा गर्दै १३ वटा अमेरिकन उपनिवेशहरुलाई बेलायती साम्राज्यबाट मुक्त गरेको थियो ।

संसदले अमेरिकी स्वतन्त्रताको घोषणापत्रमा जुलाई २ मा मतदान गरेपनि हरेक बर्ष फोर्थ जुलाईलाई अमेरिकामा स्वतन्त्रता दिवसका रुपमा मनाइदै आएको छ ।
सन् १७७६ को जुलाई २ सम्म अमेरिका बेलायतको १३ औं उपनिवेशका रुपमा रहेको थियो । उक्त दिन स्वतन्त्रताको घोषणामा मतदान भएपनि केही शब्दमा भएको विवादपछि जुलाई ४ मा स्वतन्त्रताको घोषणापत्रको अन्तिम दस्तावेज पारित गरिएको थियो ।

स्वतन्त्रताको घोषणापत्र

त्यसअगाडि अमेरिकामाथि बेलायती कब्जा थियो । बेलायती कानुनको विभेदपूर्ण व्यवहारका कारण अमेरिकीलाई बेलायती शासन मनपरेको थिएन। यहि क्रममा सन् १७७४ मा १३ मध्ये १२ उपनिवेशका प्रतिनिधिहरू पेन्सलभानिया राज्यको फिलाडेल्फियामा भेला भए । जर्जियाका प्रतिनिधिमात्र अनुपस्थित थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यी उपनिवेशमा बेलायत विरुद्ध लड्ने तयारी भइरहेको थियो। अनि बेलायत विरुद्ध युद्ध पनि शुरु भयो। सन् १७७५ मा कंग्रेस बस्दा युद्ध चलिरहेको थियो। उक्त कंग्रेसले थोमस जेफरसन र अन्य ज्ञातालाई स्वतन्त्रताको घोषणापत्र तयार गर्ने जिम्मेवारी दियो।

थोमस जेफरसन

जेफरसनले घोषणापत्र तयार पारेपछि जोन एडम्स्, बेन्जामिन फ्र्याङ्कलिनसहितको समितिलाई मूल्यांकन गर्न दिनुभयो। उक्त समितिले घोषणा पत्रमा केही संशोधन गरेपछि कंग्रेसमा पढेर सुनाइयो।

अमेरिकामा शुरूमा १३ राज्यहरू मात्र थिए। ती डेलावर, पेन्सलभेनिया, न्यू जर्सी, जर्जिया, कनेक्टिकट, मासाचुसेट्स, मेरिल्याण्ड, साउथ क्यारोलाईना, न्यु ह्याम्सर, भर्जिनिया, न्यु योर्क, नर्थ क्यारोलाईना र रोड आइल्याण्ड हुन् । बेलायतको उपनिवेशबाट अमेरिकालाई स्वतन्त्र बनाउने शुरुका यी १३ राज्य हुन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com