‘आवेदनमा सामाजिक सञ्जालबारे जानकारी नदिए अमेरिकाको भिसा रिजेक्ट र भविष्यमा पनि अयोग्य’


प्रकाशित मिति : असार १८, २०८२ बुधबार

भिसा आवेदनमा सामाजिक सञ्जालसम्बन्धी जानकारी नदिएमा भिसा अस्वीकृत हुनसक्ने बुधबार अमेरिकी दूतावास काठमाडौंले चेतावनी जारी गरेको छ । सामाजिक सञ्जालबाट विवरण नदिएमा भिसा अस्वीकृतमात्र नभई भविष्यमा पनि अमेरिकाको भिसाका लागि अयोग्य ठहरिन सक्ने चेतावनी दूतावासले दिएको छ ।

भिसा फर्म भर्दा सामाजिक सञ्जालमा उपस्थीति भए नभएकोबारेको प्रश्नमा कतिपय आवेदकले सामाजिक सञ्जालमा उपस्थीति हुँदाहुँदै पनि भर्ने झन्झटले आफ्नो सामाजिक सञ्जाल एकाउन्ट नभएको विवरण भर्ने गरेका छन् । तर यसो गर्दा अमेरिकालाई ढाँटेको ठहर हुने भएकाले तथा विवरण ढाँटेको फेला परेको खण्डमा अमेरिकाको भिसाको लागि अयोग्य हुने प्रावधान रहेको सन्दर्भमा दूतावासले यस्तो चेतावनी जारी गरेको हो ।

यस अगाडि दूतावासले सामाजिक सञ्जालमा व्यक्तिगत खाताहरूको गोपनीयता सेटिङलाई ‘सार्वजनिकमा परिवर्तन गर्न सुझाव दिएको थियो । यसले पहिचान र अमेरिका प्रवेश योग्यता पुष्टि गर्न आवश्यक जाँच प्रक्रियालाई सहज बनाउने दूतावासले जनाएको थियो ।

साथै दूतावासले सामाजिक सञ्जालहरु पब्लिक बनाउन अनुरोध गर्दै प्रत्येक भिसा निर्णय राष्ट्रिय सुरक्षासँग सम्बन्धित निर्णय भएको प्रष्ट पारेको थियो । यो निर्णयसँगै फेसबुक एकाउन्ट लक गरेका, ट्वीटर, टिकटक वा इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालहरु फ्लोअर्सहरुलेमात्र देख्न पाउनेगरी प्राइभेट गराएकाहरुले ती सामाजिक सञ्जालहरु पब्लिक मोडमा नराखी अमेरिकाको भिसा आवेदन दिएको खण्डमा उनीहरुको भिसा अस्वीकृत हुनसक्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्प प्रशासनले भिसा आवेदकको सामाजिक सञ्जाल जाँच कडा गर्ने नीति ल्याएसँगै अमेरिकी दूतावास काठमाडौंले पनि उक्त नीतिको कार्यान्वयन सुरु गरेको हो । सामाजिक सञ्जालमा अमेरिकाले आतंकवादी सूचिमा राखेका संगठनहरुको समर्थन गरेमा वा त्यस्ता संगठनसँगको सम्बन्ध देखिने सामाग्रीहरु पोष्ट गरेमा ती भिसा आवेदकको अमेरिकाको भिसा अस्वीकृत गर्न ट्रम्प प्रशासनले दूतावासहरुलाई निर्देशन दिइसकेको छ ।

अमेरिकाले हालै विद्यार्थी भिसाका नयाँ अन्तरवार्ता अप्वाइन्टमेन्टहरु सुचारु गरेसँगै सामाजिक सञ्जालसम्बन्धी थप कडा दिशानिर्देशहरू लागू गरेको हो । विदेशमन्त्री मार्को रुबियोद्वारा हस्ताक्षरित आन्तरिक निर्देशनमा आवेदकहरूको अनलाइन उपस्थितिको समीक्षा गर्नुपर्ने उल्लेख गरिएको थियो ।

आवेदकको प्रोफाइल जाँच्दा दूतावासका कर्मचारीहरूलाई अमेरिकी नागरिक, संस्कृति, सरकार, संस्था वा स्थापनाका सिद्धान्तहरूप्रति शत्रुतापूर्ण मनोवृत्ति राख्ने आवेदकहरू, विदेशी आतंकवादी र अन्य राष्ट्रिय सुरक्षा खतराहरूलाई समर्थन गर्ने वा गैरकानुनी यहुदी विरोधी उत्पीडन वा हिंसा गर्ने व्यक्तिहरूलाई पहिचान गर्न निर्देशन दिइएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com