प्यालेष्टाइनको समर्थन र इजरायली सेनाविरुद्ध नारापछि ब्रिटिश गायकको अमेरिकाको भिसा रद्द


प्रकाशित मिति : असार १७, २०८२ मंगलबार

black and gold book on white table

फोटो: इथान विल्किन्सन

गाजाका बासिन्दाहरूको समर्थन र इजरायली सेनाको मृत्युको कामना गर्ने भीडको नेतृत्व गरेको भन्दै अमेरिकी विदेश मन्त्रालयले चर्चित ब्रिटिश गायक जोडीको भिसा रद्द गरेको छ । जुन २८ मा ग्लास्टनबरी महोत्सवमा इजयारली सेना मूर्दाबादको नारा लगाएपछि ट्रम्प प्रशासनले बब भिलानको अमेरिकी भिसा रद्द गरेको हो ।

यो जोडी पहिले नै ब्रिटिश प्रधानमन्त्री केयर स्टारमर, ग्लास्टनबरी आयोजक र बीबीसीबाट आलोचित भएको थियो । बीबीसीले इजरायली सेनाविरुद्ध लक्षित गीतको प्रत्यक्ष प्रसारण गरेकोमा माफी मागेको छ। ब्रिटिश प्रहरीले उनीहरूको टिप्पणी आपराधिक कार्य भए नभएको अनुसन्धान गरिरहेको छ ।

ग्लास्टनबरीमा मृत्युको नारामा भीडको नेतृत्व गर्ने लगायतका उनीहरूको घृणित गतिविधिको कारणले गर्दा बब भिलान र उनको उही नामको समूहको भिसा रद्द गरिएको अमेरिकी विदेश मन्त्रालयका उपसचिव क्रिस्टोफर ल्यान्डाउले एक विज्ञप्तिमा बताएका छन् । सामाजिक सञ्जालमा शेयर गरिएका भिडियोहरू अनुसार र्‍यापरले शनिबार ग्लास्टनबरी महोत्सवको भीडमा स्वतन्त्र प्यालेस्टाइन र इजरायली सेनाको मृत्युको नारा लगाउँदै नेतृत्व गरेका थिए।

अमेरिकी विदेश विभागले उनीहरूलाई घृणा फैलाएको आरोप लगाउँदै उनीहरुको गतिविधिको निन्दा समेत गरेको छ । बब भिलान लामो समयदेखि प्यालेस्टाइनका समर्थक रहेका छन् । े उनले विशेष गरी गाजा र वेस्ट बैंकमा इजरायली सेनाको निरन्तर आक्रमणको सन्दर्भमा प्यालेस्टाइनको समर्थन गर्दै आएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्टेजमा बब भिलानले भीडसमक्ष कहिलेकाहीं आफ्नो सन्देश हिंसाको साथ पुर्‍याउनुपर्ने बताएका थिए । उनले केही मानिसहरूले बोल्ने भाषा हिंसा भएकाले आफूहरुले पनि आफ्नो सन्देश हिंसाको साथ दिनुपर्ने बताएका थिए ।

बब भिलन अक्टोबर र नोभेम्बरमा अमेरिकाको भ्रमण गर्ने तय भएको थियो । अब उनको भिसा रद्द गरिएकाले ती मितिमा कार्यक्रम हुने निश्चित छैन । हिंसा र घृणाको महिमा गर्ने विदेशीहरूलाई अमेरिकामा स्वागतयोग्य आगन्तुकहरू नमानिने अमेरिकी विदेश मन्त्रालयको भनाई छ । बब भिलानलाई युनाइटेड ट्यालेन्ट एजेन्सीले पनि हटाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com