इजरायल-गाजा युद्धबारे पोस्ट गर्दा पत्रकार बर्खास्त, एबीसीले ७० हजार डलर क्षतिपूर्ति तिर्ने


प्रकाशित मिति : असार ११, २०८२ बुधबार

रेडियो पत्रकार एन्टोनेट लाट्टोफ । तस्बिर : विकिपीडियाबाट

इजरायल–गाजा युद्धसँग सम्बन्धित विषयवस्तु सामाजिक सञ्जालमा पोस्ट गरेको भन्दै अस्ट्रेलियाको सार्वजनिक प्रसारक संस्था एबीसीले एक रेडियो पत्रकारलाई गैरकानुनी रूपमा बर्खास्त गरेको पाइएको छ।

अस्ट्रेलियाको एक संघीय अदालतले रेडियो पत्रकार एन्टोनेट लाट्टोफलाई गैरकानुनी रूपमा हटाइएको ठहर गर्दै एबीसीलाई ७० हजार अष्ट्रेलियाली डलर (४५ हजार अमेरिकी डलर) क्षतिपूर्ति दिन आदेश दिएको छ।

अदालतका न्यायाधीश डेरिल रङ्गियाहका अनुसार लाट्टोफले गाजामा भइरहेको इजरायली सैन्य कारबाहीको आलोचना गर्दै सामाजिक सञ्जालमा आफ्ना विचार राखेकी थिइन्। त्यसैलाई आधार बनाएर एबीसीले उनलाई बर्खास्त गर्नु अस्ट्रेलियाको रोजगारसम्बन्धी कानुनविपरीत भएको हो।

लाट्टोफले सन् २०२३ को डिसेम्बरमा एबीसीसँग पाँच दिनको अस्थायी कामका लागि सम्झौता गरेकी थिइन्। तर, सम्झौता सुरु भएको तीन दिनमै उनले गाजाबारे ह्युमन राइट्स वाच (एचआरडब्ल्यू) को एक भिडियो इन्स्टाग्राममा सेयर गर्दै लेखेकी थिइन् – “एचआरडब्ल्यू अनुसार गाजामा भोकमरीलाई युद्धको हतियारको रूपमा प्रयोग गरिएको छ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त पोस्टप्रति एबीसीको व्यवस्थापनले आपत्ति जनाउँदै एक घण्टाभित्रै पोस्ट हटाउन निर्देशन दिएको र त्यसपछि उनलाई हटाइएको न्यायाधीशले बताए।

अदालतको निर्णयपछि एबीसीका प्रबन्ध निर्देशक हग माक्र्सले सार्वजनिक रूपमा क्षमा माग्दै भने, “हामीले यो विषयलाई हाम्रो मूल्य र मान्यताअनुसार ठीकसँग व्यवस्थापन गर्न सकेनौं। यसबाट कर्मचारी र दर्शकहरू दुबैलाई निराश पारेका छौं।”

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com