इजरायल-गाजा युद्धबारे पोस्ट गर्दा पत्रकार बर्खास्त, एबीसीले ७० हजार डलर क्षतिपूर्ति तिर्ने


प्रकाशित मिति : असार ११, २०८२ बुधबार

रेडियो पत्रकार एन्टोनेट लाट्टोफ । तस्बिर : विकिपीडियाबाट

इजरायल–गाजा युद्धसँग सम्बन्धित विषयवस्तु सामाजिक सञ्जालमा पोस्ट गरेको भन्दै अस्ट्रेलियाको सार्वजनिक प्रसारक संस्था एबीसीले एक रेडियो पत्रकारलाई गैरकानुनी रूपमा बर्खास्त गरेको पाइएको छ।

अस्ट्रेलियाको एक संघीय अदालतले रेडियो पत्रकार एन्टोनेट लाट्टोफलाई गैरकानुनी रूपमा हटाइएको ठहर गर्दै एबीसीलाई ७० हजार अष्ट्रेलियाली डलर (४५ हजार अमेरिकी डलर) क्षतिपूर्ति दिन आदेश दिएको छ।

अदालतका न्यायाधीश डेरिल रङ्गियाहका अनुसार लाट्टोफले गाजामा भइरहेको इजरायली सैन्य कारबाहीको आलोचना गर्दै सामाजिक सञ्जालमा आफ्ना विचार राखेकी थिइन्। त्यसैलाई आधार बनाएर एबीसीले उनलाई बर्खास्त गर्नु अस्ट्रेलियाको रोजगारसम्बन्धी कानुनविपरीत भएको हो।

लाट्टोफले सन् २०२३ को डिसेम्बरमा एबीसीसँग पाँच दिनको अस्थायी कामका लागि सम्झौता गरेकी थिइन्। तर, सम्झौता सुरु भएको तीन दिनमै उनले गाजाबारे ह्युमन राइट्स वाच (एचआरडब्ल्यू) को एक भिडियो इन्स्टाग्राममा सेयर गर्दै लेखेकी थिइन् – “एचआरडब्ल्यू अनुसार गाजामा भोकमरीलाई युद्धको हतियारको रूपमा प्रयोग गरिएको छ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त पोस्टप्रति एबीसीको व्यवस्थापनले आपत्ति जनाउँदै एक घण्टाभित्रै पोस्ट हटाउन निर्देशन दिएको र त्यसपछि उनलाई हटाइएको न्यायाधीशले बताए।

अदालतको निर्णयपछि एबीसीका प्रबन्ध निर्देशक हग माक्र्सले सार्वजनिक रूपमा क्षमा माग्दै भने, “हामीले यो विषयलाई हाम्रो मूल्य र मान्यताअनुसार ठीकसँग व्यवस्थापन गर्न सकेनौं। यसबाट कर्मचारी र दर्शकहरू दुबैलाई निराश पारेका छौं।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com