नेटो शिखर सम्मेलनको क्रममा ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच भेटवार्ता हुने


प्रकाशित मिति : असार १०, २०८२ मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदि‍मिर जेलेन्स्कीसँग यसैहप्ता हेगमा आयोजना हुने नेटो शिखर सम्मेलनको क्रममा सम्भावित भेट हुने बताएका छन्। यो भेटले युक्रेनलाई अमेरिकाबाट प्याट्रियट मिसाइल रक्षा प्रणाली खरिद तथा रूसमाथि थप कडा प्रतिबन्ध लगाउने प्रस्ताव अघि सार्न महत्वपूर्ण अवसर दिने देखिएको छ।

ट्रम्पले मंगलबार एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै भने, “मैले जेलेन्स्कीसँग भेट गर्ने सम्भावना धेरै छ। हामीसँग धेरै कुरा गर्न बाँकी छ र युक्रेनको सुरक्षा हाम्रो चासोको विषय हो।”

यसअघि ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले पनि ट्रम्प–जेलेन्स्की भेट कुनै समय नेटो सम्मेलन (मंगलबार र बुधबार)को क्रममा हुने जानकारी दिएका थिए। सम्मेलन नेदरल्यान्ड्सको हेग शहरमा भइरहेको छ।

ट्रम्पले यसअघि जेलेन्स्कीसँग क्यानडाको जी–७ सम्मेलनमा भेट गर्ने योजना बनाएका थिए, तर उनले मध्यपूर्वमा चर्किएको संकटलाई कारण देखाउँदै सम्मेलन छाडेर चाँडै फर्किएपछि भेट हुन सकेको थिएन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युक्रेनी राष्ट्रपति कार्यालयले शनिबार जारी गरेको विज्ञप्तिमा जेलेन्स्कीले ट्रम्पसँग सम्भावित भेटका लागि तीन प्रमुख एजेन्डा उल्लेख गरेका छन्।

जेलेन्स्कीका अनुसार, जी–७ सम्मेलनको दौरान उनका सहयोगीहरूले अमेरिकी कोष सचिव स्कट बिसेन्टलाई युक्रेनका लागि आवश्यक हतियारहरूको सूची बुझाएका थिए। सूचीमा अत्याधुनिक ‘प्याट्रियट मिसाइल डिफेन्स सिस्टम’ पनि समावेश गरिएको छ, जसलाई जेलेन्स्कीले “अत्यन्तै मूल्यवान” प्रणाली भनेका छन्।

उक्त प्रणाली अमेरिकाको सबभन्दा शक्तिशाली हवाई सुरक्षा साधनमध्ये एक मानिन्छ, जसले रूसका क्रुज मिसाइल तथा ड्रोन आक्रमणबाट युक्रेनी आकाशलाई सुरक्षित राख्न सक्नेछ।

जेलेन्स्कीले यसपटक हतियार सहायता होइन, प्रत्यक्ष खरिदको प्रस्ताव अघि सारेका छन्। उनले भने, “युक्रेन यो पूरै प्याकेजका लागि आवश्यक रकम जुटाउन तयार छ।”

जेलेन्स्कीले रूसमाथि थप आर्थिक तथा कूटनीतिक प्रतिबन्ध लगाउन अमेरिकाको सक्रियतामा जोड दिएका छन्। विशेष गरी युक्रेनमाथि जारी रुसी आक्रमणको सन्दर्भमा, हालसम्म लागू भएका प्रतिबन्धहरू पर्याप्त नभएको भन्दै उनले तीव्र कूटनीतिक कदमको माग गरेका छन्।

जेलेन्स्कीको तेस्रो प्राथमिकता भनेको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि कूटनीतिक र अन्तर्राष्ट्रिय दबाब बढाउने उपायहरूमा छलफल गर्नु हो। उनले उल्लेख गरेका छन् कि रूस शान्ति वार्ता गर्न इच्छुक छैन, त्यसैले अन्तर्राष्ट्रिय समुदायबाट थप दबाब आवश्यक छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com